पृथ्वी सुब्बाविरुद्ध कार्यकर्ताको नाराबाजी- अन्तरघाती होसियार ! « Khabarhub

पृथ्वी सुब्बाविरुद्ध कार्यकर्ताको नाराबाजी- अन्तरघाती होसियार !


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकामा उपमेयर सहित ९ वडाध्यक्ष चुनाव जितेको एमालेले बुधबार विजयी र्‍याली निकाल्यो । र्‍यालीअघि शहिदचोकमा शीर्ष नेताहरुको सम्बोधन थियो । वक्ता थिए, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी । अधिकारीले भाषण गरेर निस्किए । अनि भाषण गर्न आइपुगेका पृथ्वीसुब्बालाई भने कार्यर्ताले नाराबाजी गर्दै बिरोध जनाए ।

‘अन्तरघाती मुर्दावाद, अन्तरघाती होसियार,’ उनीहरुको नारा थियो, ‘अडियो भिडियो काण्ड सार्वजनिक गर् ।’ उनीहरुलाई पोखरामा मेयर चुनाव हार्नुमा प्रमुख कारण पृथ्वीसुब्बा गुट भन्ने लागेको छ । केही समयअघि सोही गुटका केही नेताहरुको अडियो सार्वजिक भएको थियो । त्यसपछि घटना झनै रोचक बन्यो ।

अहिले कास्कीमा गुरुङ र अधिकारी गुटको टकराव छताछुल्ल भएको छ । यसअघि टिकटको समयमै दुई गुटबीच निकै अस्वस्थ प्रतिश्पर्धा भयो । पिएस गुटबाट टिकट पाएका दीपक पौडेललाई पूरानो सुन चोरीको भिडियो सामाजिक सन्जालमा पोष्ट गरेर अधिकारी गुटकै नेताहरुले टिकट खोसेको आरोप लगाइएको छ ।

पछि अधिकारी गुटका कृष्ण थापाले टिकट पाए । तर चुनाव जित्न पाएनन् । प्रमुख कारणः एमालेभित्रको अन्तर्घातलाई मानिएको छ

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : १९ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको