पोखराका नवनिर्वाचित मेयरको आक्रोश : निर्वाचन आयोगको गल्तीका कारण धेरै मत बदर भयो « Khabarhub

पोखराका नवनिर्वाचित मेयरको आक्रोश : निर्वाचन आयोगको गल्तीका कारण धेरै मत बदर भयो


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले धेरै ठाउँमा चुनाव हारेको तर्क गरेका छन् ।

विजयी र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आयोगको बदनियतका कारण आफ्नो उपमेयरले चुनाव हारेको र आफूले पनि कम मत पाएको बताए । ‘निर्वाचन आयोगले धेरै बदनियत गर्‍यो । महानगर र भक्तपुरका नगरपालिकामा उम्मेदवार नभएका पार्टीको चुनाव चिन्ह हुँदैन भन्नुभयो । हामी त्यसमा लाग्यौं । सोही अनुसार प्रचार गर्‍यौं । तर, पछि सबै चिन्ह राखियो । हामी मतदाताको घरघरमा पुग्न सकेनौं,’ उनले भने, ‘अहिले मत कति बदर भए भए । त्यसको लेखोट छैन । २४ वडाध्यक्ष जितेका छौं, सबैमा वडा सदस्य जिताउनुपर्ने थियो । दुर्भाग्य धेरै ठाउँमा जिताउन सकिएन ।’

आयोगले नियतवश मतपत्र तलमाथि बनाएको आचार्यको आरोप छ । ‘मतपत्र जिकज्याक भयो । तराई र अरू ठाउँमा मतपत्र चिनाजस्तो लामो थियो, हाम्रो महानगरमा मान्द्रोजस्तो मतपत्र आयो । एकातिर सूर्य, अर्कोतिर रुख राखियो । छाता रुखजस्तै देखिने गरी बनाइयो । हुन सक्नेजति भ्रम थिए,’ अघि भन्छन्, ‘त्यसको व्यवस्थापन माननीय दिनेश थपलिया ज्यूले गर्नुभयो । यसको नैतिक प्रश्न उठेको छ, संवैधानिक निकायमा बसेर मनपरी गर्न पाइन्छ कि पाइँदैन ? सरकारको ध्यानाकर्षण गराउँछु । यो प्रश्न थपलियामाथि सरकारले गर्नुपर्छ ।’ आगामी चुनावमा पनि यस्तो समस्या आउन सक्ने भन्दै उनले बेलैमा विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘निर्वाचन सकिएको छ, अर्को निर्वाचन आउने वाला छ । यही रवैया रहने हो भने, संवैधानिक निकायमा बसेर भाइवन्दी गर्ने हो भने उहाँले आफैलाई प्रश्न गर्नुपर्छ,’ आचार्यले भने, ‘निर्वाचन आयोग पोखरामा पनि छ । उहाँले त्यो प्रश्न पुर्‍याइदिनुहोला । थपलिया ज्यू संवैधानिक निकायमा बसेर नैतिकता भित्र बसिदिनुस् । किनकि अहिले इतिहासमै सबैभन्दा बढी मत बदर भएको छ । तपाईंको कार्यक्षमतामाथि प्रश्न उठेको छ । यो मैले किन जोड दिएको छु भने हामीलाई पीडा छ । यदि यो समस्या थिएन भने मेयर २७ हजार मतले जितेको हुन्थ्यो । उपमेयरले १६ हजार मतले जित्नुहुन्थ्यो । २४ वडाका सबै सदस्यले जितेका हुन्थे ।’

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १० : २२ बजे

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी