पोखराका नवनिर्वाचित मेयरको आक्रोश : निर्वाचन आयोगको गल्तीका कारण धेरै मत बदर भयो | Khabarhub Khabarhub

पोखराका नवनिर्वाचित मेयरको आक्रोश : निर्वाचन आयोगको गल्तीका कारण धेरै मत बदर भयो


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले धेरै ठाउँमा चुनाव हारेको तर्क गरेका छन् ।

विजयी र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आयोगको बदनियतका कारण आफ्नो उपमेयरले चुनाव हारेको र आफूले पनि कम मत पाएको बताए । ‘निर्वाचन आयोगले धेरै बदनियत गर्‍यो । महानगर र भक्तपुरका नगरपालिकामा उम्मेदवार नभएका पार्टीको चुनाव चिन्ह हुँदैन भन्नुभयो । हामी त्यसमा लाग्यौं । सोही अनुसार प्रचार गर्‍यौं । तर, पछि सबै चिन्ह राखियो । हामी मतदाताको घरघरमा पुग्न सकेनौं,’ उनले भने, ‘अहिले मत कति बदर भए भए । त्यसको लेखोट छैन । २४ वडाध्यक्ष जितेका छौं, सबैमा वडा सदस्य जिताउनुपर्ने थियो । दुर्भाग्य धेरै ठाउँमा जिताउन सकिएन ।’

आयोगले नियतवश मतपत्र तलमाथि बनाएको आचार्यको आरोप छ । ‘मतपत्र जिकज्याक भयो । तराई र अरू ठाउँमा मतपत्र चिनाजस्तो लामो थियो, हाम्रो महानगरमा मान्द्रोजस्तो मतपत्र आयो । एकातिर सूर्य, अर्कोतिर रुख राखियो । छाता रुखजस्तै देखिने गरी बनाइयो । हुन सक्नेजति भ्रम थिए,’ अघि भन्छन्, ‘त्यसको व्यवस्थापन माननीय दिनेश थपलिया ज्यूले गर्नुभयो । यसको नैतिक प्रश्न उठेको छ, संवैधानिक निकायमा बसेर मनपरी गर्न पाइन्छ कि पाइँदैन ? सरकारको ध्यानाकर्षण गराउँछु । यो प्रश्न थपलियामाथि सरकारले गर्नुपर्छ ।’ आगामी चुनावमा पनि यस्तो समस्या आउन सक्ने भन्दै उनले बेलैमा विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘निर्वाचन सकिएको छ, अर्को निर्वाचन आउने वाला छ । यही रवैया रहने हो भने, संवैधानिक निकायमा बसेर भाइवन्दी गर्ने हो भने उहाँले आफैलाई प्रश्न गर्नुपर्छ,’ आचार्यले भने, ‘निर्वाचन आयोग पोखरामा पनि छ । उहाँले त्यो प्रश्न पुर्‍याइदिनुहोला । थपलिया ज्यू संवैधानिक निकायमा बसेर नैतिकता भित्र बसिदिनुस् । किनकि अहिले इतिहासमै सबैभन्दा बढी मत बदर भएको छ । तपाईंको कार्यक्षमतामाथि प्रश्न उठेको छ । यो मैले किन जोड दिएको छु भने हामीलाई पीडा छ । यदि यो समस्या थिएन भने मेयर २७ हजार मतले जितेको हुन्थ्यो । उपमेयरले १६ हजार मतले जित्नुहुन्थ्यो । २४ वडाका सबै सदस्यले जितेका हुन्थे ।’

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १० : २२ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको