मध्यपहाडी लोकमार्गको पहिरो हटाउन स्थानीयको सक्रियता        | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्गको पहिरो हटाउन स्थानीयको सक्रियता       


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैँले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौँ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाइका लागि स्थानीय आफैँ खटिएका हुन् ।

राइनासका स्थानीय एवं सामाजिक अभियन्ता कृष्णराज ओलियाको अगुवामा विभिन्न व्यक्तिहरुको सहयोगमा जनस्तरबाट सडक सफाइ अभियान तथा पहिरो पन्छाउने काम भएको हो । वर्षाका कारण सडक जीर्ण र जोखिम हुँदा पनि सम्बन्धित निकायबाट समाधानको लागि कुनै पहल नभएपछि सामाजिक अभियन्ता ओलियाले सामाजिक सञ्जालबाटै सडक सफाइ अभियानमा जुट्न आव्हान गरेका हुन् ।

मध्यपहाडी लोकमार्गको पाउँदी पुल नजिकै हर्राबोटबाट सुरु भएको सडक सफाइ अभियान हर्राबोट प्यारजुङ सडक खण्डको सात ठाउँमा खसेको पहिरो पन्छाइएको ओलियाले जानकारी दिए । सो स्थानमा गत वर्ष असारमा पहिरोको कारण पुरै बाटो अवरुद्ध भएको थियो ।

तत्कालै पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने बनाइ पनि सडकको आधाभन्दा बढी स्थानमा खसेको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सडकमै माटो थुप्रिएर बसेको थियो । सडकखण्डअन्तर्गत अन्य स्थानमा खसेको पहिरो पन्छाउने तथा थुनिएका नाली सफाइलाई निरन्तरता दिने सामाजिक अभियन्ता ओलियाले बताए ।

राइनास नगरपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा अन्य सडक मार्गमा एक वर्ष अगाडिदेखि गएको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सवारी आवागमनमा समस्या झेल्नुपरेको थियो । यस वर्ष पुन निरन्तर वर्षाले पहिरो खस्ने तथा सडकमा लेदो थुप्रिएकाले सवारी सञ्चालनमा समस्या हुन थालेपछि सडक सफाइमा जुटेको अभियन्ता ओलियाले बताए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : ३७ बजे

‘राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण’

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यले पूर्वाधारमा लगानी गर्न

‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरि पुष्करले

आफैंले बनाएको मदन भण्डारी फाउन्डेसनमाथि खनिए ओली, ‘पाखण्डी’ले ठगी खाने भाँडो बनाएको आरोप

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी

दिल्लीका बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली- कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमबार सार्वजनिक

भक्तपुरमा मनाइयो चण्डेश्वरी जात्रा (तस्बिरहरू)

काठमाडौं– श्रावण २६ गते, २०८२ सोमबार, भक्तपुर–५, चासुखेलमा चण्डेश्वरी १२