मध्यपहाडी लोकमार्गको पहिरो हटाउन स्थानीयको सक्रियता        « Khabarhub

मध्यपहाडी लोकमार्गको पहिरो हटाउन स्थानीयको सक्रियता       


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैँले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौँ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाइका लागि स्थानीय आफैँ खटिएका हुन् ।

राइनासका स्थानीय एवं सामाजिक अभियन्ता कृष्णराज ओलियाको अगुवामा विभिन्न व्यक्तिहरुको सहयोगमा जनस्तरबाट सडक सफाइ अभियान तथा पहिरो पन्छाउने काम भएको हो । वर्षाका कारण सडक जीर्ण र जोखिम हुँदा पनि सम्बन्धित निकायबाट समाधानको लागि कुनै पहल नभएपछि सामाजिक अभियन्ता ओलियाले सामाजिक सञ्जालबाटै सडक सफाइ अभियानमा जुट्न आव्हान गरेका हुन् ।

मध्यपहाडी लोकमार्गको पाउँदी पुल नजिकै हर्राबोटबाट सुरु भएको सडक सफाइ अभियान हर्राबोट प्यारजुङ सडक खण्डको सात ठाउँमा खसेको पहिरो पन्छाइएको ओलियाले जानकारी दिए । सो स्थानमा गत वर्ष असारमा पहिरोको कारण पुरै बाटो अवरुद्ध भएको थियो ।

तत्कालै पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने बनाइ पनि सडकको आधाभन्दा बढी स्थानमा खसेको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सडकमै माटो थुप्रिएर बसेको थियो । सडकखण्डअन्तर्गत अन्य स्थानमा खसेको पहिरो पन्छाउने तथा थुनिएका नाली सफाइलाई निरन्तरता दिने सामाजिक अभियन्ता ओलियाले बताए ।

राइनास नगरपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा अन्य सडक मार्गमा एक वर्ष अगाडिदेखि गएको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सवारी आवागमनमा समस्या झेल्नुपरेको थियो । यस वर्ष पुन निरन्तर वर्षाले पहिरो खस्ने तथा सडकमा लेदो थुप्रिएकाले सवारी सञ्चालनमा समस्या हुन थालेपछि सडक सफाइमा जुटेको अभियन्ता ओलियाले बताए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : ३७ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन