आफ्नो आइडी अरूलाई दिँदा एक नेपाली युवा २२ दिनदेखि कतारको जेलमा « Khabarhub

आफ्नो आइडी अरूलाई दिँदा एक नेपाली युवा २२ दिनदेखि कतारको जेलमा


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि कतार पुगेका एक नेपाली युवा अनाहकमा जेल परेका छन् । सर्लाही कविलासी नगरपालिका वडा न. ४ हेमपुरका राम एकवाल यादवका छोरा धर्मेन्द्र यादव विगत २२ दिनदेखि कतारको जेलमा रहेको सामाजिक अभियन्ता सरोज रायले बताए ।

अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारी अनुसार धर्मेन्द्रको आइडीबाट एक अमेरिकन नागरिकले अमेरिकाबाट उनलाई जानकारी नदिई शंकास्पद वस्तु मगाएको थियो र त्यसैको छानबिनको लागि धर्मेन्द्र निर्दोष भएर पनि पक्राउ परेका हुन् ।

निर्दोष धर्मेन्द्रलाई थुनामुक्त गराउन नेपालको कन्सुलर विभागमा आफैँले निवेदन दिएको रायले बताए । यस विषयमा दोहास्थित नेपाली दूतावासले पहल गर्ने र कानुनी सहायता चाहिएको अवस्थामा वैदेशिक रोजगार बोर्डलाई कन्सुलर विभागमार्फत वा सोझै जानकारी गराउने उनले बताए।

यस्तो केसमा कतारमा मुद्दा लड्न १५ लाख नेपाली रुपैयाँसम्म कानुनी सहायता बोर्डले उपलब्ध गराउने प्रावधान छ । यो पहिलो घटना होइन, यस अगाडी पनि नेपाली कामदारको आइडी दुरुपयोग गरेर बंगालीले भारतबाट लागूऔषध मगाएको थियो ।

उनीहरु दुवैलाई उद्दारका लागि कानुनी पहल भइरहेको उनले बताए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आफ्नो पासपोर्ट, आइडी, अकामा, सोसल सेक्युरिटी नम्बर लगायत आफ्नो कागजत कसैलाई पनि नदिन सामाजिक अभियन्ता रायले सुझाएका छन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : १५ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि