अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु « Khabarhub

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

न्युयोर्क – अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ ।

सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको हो । अदालतको आदेशसँगै लाखौँ अमेरिकी महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमेको छ ।

रो विरुद्ध वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्चले जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले उक्त निर्णयलाई ‘दुःखद त्रुटि’ भनेका छन् । आदेशको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भएका छन् ।
अदालतको आदेशपछि विभिन्न राज्यमा क्लिनिक बन्द गरिएका छन् ।

अदालतको फैसलापछि त्यहाँका धार्मिक अभियानकर्मी र दक्षिणपन्थी भने खुसी भएका छन् । सन् १९७३ मा गर्भपतनलाई वैध बनाइएपति उनीहरुले त्यसको विरोध गर्दै आएका थिए ।

फैसलाको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश उभिएका थिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : ५४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने