सांगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड २९ लाखको बजेट « Khabarhub

सांगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड २९ लाखको बजेट


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले (आव) ०७९/८० को बजेट प्रस्तुत गरेको छ । बाह्रौँ नगरसभाअन्तर्गत उपप्रमुख सिता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । नगरपालिकाले कृषि क्षेत्रका लागि  ४ करोड विनियोजन गरेको छ  । 

त्यसैगरी पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड , स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनियोजन गरेको छ ।  शिक्षा, युवा तथा खेलकुदतर्फ ४ करोड ५० लाख, नगर गौरवका योजनाका लागि  २ करोड विनियोजन गरिएको छ । 

चालु आ.व.मा सञ्चालन भएका अधुरा योजनाहरूलाई पूरा गर्न, संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानका कार्यक्रम सञ्चालन गर्नका लागिसमेत बजेट विनियोजन गरिएको उपप्रमुख सिता थापाले नगरसभामा प्रस्तुत गरेको कार्यक्रममा उल्लेख छ ।  

नगरपालिकाले संघ समपूरक अनुदानका लागि संघबाट प्राप्त हुने समेत जम्मा १ करोड ८० लाख विनियोजन गरेको छ । प्रदेश समपूरक अनुदान प्रदेशबाट प्राप्त हुनेसमेत गरी  ६ करोड विनियोजन गरेको छ । नगरपालिकाभित्रका जुनसुकै कारणले मृत्यु भएका मृतकको परिवारलाई प्रति परिवार  ५ हजारका दरले जम्मा ३० लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधारतर्फ सिँचाइ, खानेपानी तथा सरसफाइ समेतलाई गरी ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

लक्षित वर्गका लागि  १ करोड ७० लाख बजेट विनियोजन गरेको छ । नगरको विभिन्न क्षेत्रमा पूर्वाधार विकासको लागि नगर पूर्वाधार विकासतर्फ २ करोड बजेट विनियोजन गरेको छ भने विभिन्न साझेदार संस्थाहरू साझेदारी गर्नका लागि  ३ करोड विनियोजन गरेको छ ।  विपद् व्यवस्थापन तथा वन वातावरण, लघु उद्यम, पर्यटन, सहकारी, न्यायिक समिति, मठमन्दिर, सूचना तथा सञ्चार, पुरातत्व संस्कृति पर्व तथा जात्रा, प्रभावित क्षेत्र, नदीजन्य पदार्थको उत्खनन् तथा संकलनको कारणबाट प्रभावित क्षेत्र तथा विविध कार्यक्रमलगायतलाई समेटी बजेट विनियोजन गरेको नीति कार्यक्रममा उल्लेख छ । 

नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘जमिन बाझो नराखौ, माटोले मागेको रोपौ’, जति धेरै उत्पादन त्यति धेरै अनुदान, बाली संरक्षण आपतकालीन कोष, प्रत्येक किसान उत्पादक बनौ, प्रत्येक उत्पादनलाई उद्यममा जोडौँ जस्ता लोकप्रिय नाराका साथ नीति कार्यक्रम तयार पारिएको छ । 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : १७ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।