असार १५ र १६ गते पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन तयारी « Khabarhub

असार १५ र १६ गते पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन तयारी


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुस्तकालय क्षेत्रका विद्यमान समस्याको समाधानका लागि समीक्षा गर्न सार्वजनिक र सामुदायिक पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन यही असार १५ र १६ गते काठमाडौँमा हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रिड नेपाल र जापानी संस्था शान्ति भोलेन्टियर एशोसिएशनको सहकार्यमा हुने उक्त सम्मेलनमा पुस्तकालयबारे गरिएको तथ्याङ्कसहितको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले विश्वका विकासशील र विकसित धेरै मुलुकले सार्वजनिक पुस्तकालय सञ्चालनले सबै जाति, वर्ग, भाषी, लिङ्ग, धर्म र उमेर समूह तथा पेसा व्यावसायीलाई सेवाको ढोका खुल्ला राख्ने भएकाले यसको प्रयोग र विस्तार आवश्यक भएको बताए ।

सूचना प्रविधिको विकाससँगै पठन संस्कृतिमा देखिएको कमीप्रति चिन्ता व्यक्त गर्दै रिड नेपालका अध्यक्ष भोला श्रेष्ठले सम्मेलनमा पुस्तकालयको विकास, विस्तार र प्रभावकारिताबारे छलफल गरिने जानकारी दिए । नेपालमा सन् १९९१ मा सोलुखुम्बुको जुनीबेँसीमा पहिलो सामुदायिक पुस्तकालय स्थापना भएको थियो । नेपालमा औपचारिक रूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरी २०६५ सालदेखि हरेक भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइएको छ ।

तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सनदपत्र जारी गरेका थिए । हाल देशभर सामुदायिक र सार्वजनिक गरी करिब ५०० पुस्तकालय छन् । हालसम्म संस्थागत (कार्यालयगत) पुस्तकालयको आँकडा र पुस्तकालयको विधागत वर्गीकरण भने गरिएको छैन ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ११ : ५९ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया