शङ्खरापुर नगरपालिकाले ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने « Khabarhub

शङ्खरापुर नगरपालिकाले ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ४० करोड ४८ लाख २१ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख रमेश नापितले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख समिता श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८० का लागि बजेटमाथि छलफलसहित पारित भएको हो । नौ वडा रहेको नगरपालिकाले वडावासीका लागि निःशुल्क शिक्षादेखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत गरेको छ ।

नगरसभाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ । यस्तै शवबाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरेको शङ्खरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने, नगरवासीलाई साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग सम्झौता गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।

कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिनेछ । गर्भवती महिला र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने, गर्भवती र सुत्केरी आमाका लागि पोषण भत्ता उपलब्ध गराइने भएको छ ।

नगरपालिकाभित्र शवबाहन सेवा निःशुल्करुपमा उपलब्ध गराइने, अशक्त तथा ज्येष्ठ नागरिकलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर दिइने, ज्येष्ठ नागरिकका लागि नगरपालिकाको तर्फबाट पोषण भत्ताको व्यवस्था गरिने भएको छ ।

ऐतिहासिक सांस्कृतिक शहर शङ्खरापुर नगरभित्रका जात्रा, पर्व दीर्घकालीन आर्थिकरुपमा सहज ढङ्गले सञ्चालन गर्नका लागि कोषको व्यवस्था गर्न लागिएको छ । ऐतिहासिक साँखु (सक्व) र तामाङ समुदायको ऐतिहासिक एवं मौलिक बस्तीलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरिने भएको छ ।

सम्पदा बस्तीमा मापदण्डअनुसार घर बनाउनेलाई प्रोत्साहनस्वरुप रु एक लाख दिँदै आएकामा घरको नक्सा तयार गरेबापत रु २५ हजार थप गरी रु एक लाख २५ हजार दिने व्यवस्था मिलाइएको छ ।

सम्पदा बस्ती बाहिरको हकमा ‘घ’ वर्गको घर नक्सा नगरपालिकाबाट निःशुल्क बनाइदिने नीति पनि पारित भएको छ । नगरस्तरीय खेलकुद एकेडेमी सञ्चालन गर्ने, नगरपालिकाभित्र खुला व्यायामशाला सञ्चालन गर्ने, विद्यालयस्तरबाटै मार्शल आर्टका खेलाडी उत्पादन गरी शङ्खरापुर नगरपालिकाका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादन गर्ने नगरपालिकाको योजना छ ।

स्थानीय कच्चापदार्थबाट सञ्चालन हुने उद्योगलाई अनुदान तालिम तथा अन्य सहुलियत प्रदान गर्ने, गृह श्रमिक, लघुउद्यमी तथा साना व्यवसायीबाट उत्पादित वस्तुको बजारीकरणलाई सहज बनाउन कोसेली घर स्थापना गरिने भएको छ ।

सामुदायिक वनमा आयआर्जनको कार्यक्रमका लागि सार्वजनिक, निजी साझेदारीका कार्यक्रम ल्याउन लागिएको छ । शङ्खरापुर नगरपालिकाको समृद्धिको लक्ष्यप्राप्तिका लागि कृषि, पर्यटन विभिन्न क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने नीतिलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

शङ्खरापुर उज्यालो कार्यक्रमअन्तर्गत सबै वडाका मुख्य चोकमा सडक बत्ती जडान गर्न लागिएको छ । जनघनत्व बढी भएका मुख्य चोकमा सिसीटिभीको व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने नगरपालिकाले जनाएको छ । जनतासँग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने, शङ्खरापुर नगरपालिकाको अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने, पर्यटक सूचना केन्द्र स्थापना गर्ने कार्यक्रम पनि नगरपालिकाले बनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : ४८ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल