धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने « Khabarhub

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने बताए । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न ‘एनसिडी’ कार्यक्रममार्फत दीर्घरोगीलाई घरघरमा औषधि पुर्‍याउने तथा स्वास्थ्य परीक्षण व्यवस्थापन गरिने भएको छ । स्वास्थ्य सूचना केन्द्रलाई अझ बढी प्रभावकारी बनाई स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ‘ड्यासबोर्ड’ कार्यक्रम सञ्चालन गरिने र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा नमूनायोग्य क्रियाकलाप सञ्चालन गर्ने नीतिलाई अगाडि सारिएको छ ।

आत्महत्या नियन्त्रणका लागि मानसिक तथा मनोसामाजिक नीतिअनुरूप उपचारको अभियानको कार्यक्रमलाई तीव्रता दिइने, स्वास्थ्य क्षेत्रमा विश्वस्वास्थ्य सङ्गठनलगायत बहुक्षेत्रगत स्वास्थ्य अभियान सञ्चालन गरी बहुआयामिक र दिगो स्वास्थ्य सेवाको सुनिश्चितता गरिने, काभ्रे भञ्ज्याङमा निर्माणाधीन नगर अस्पतालको बाँकी कार्यसम्पन्न गरी चालू आवबाट सञ्चालनमा ल्याइने र अस्पतालमा सरुवा रोग तथा डाइलासिस सेवाको उपलब्धताका लागि आवश्यक व्यवस्था गरिनेछ । नगरका उपयुक्त स्थानमा आवश्यकताअनुरुप ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र र बालबालिका हेरचाह गृह स्थापना गरिने, आयुर्वेद औषधालयको भवन निर्माण सम्पन्न गरी औषधालयको सेवालाई आयुर्वेद अस्पतालका रुपमा विस्तार गरिने भएको छ ।

महिला स्वयंसेविका स्वास्थ्य समन्वय समितिलाई तालिम प्रदान गरी स्वास्थ्य सेवा अभिवृद्धि गरिने र नगर क्षेत्रका महामारी प्रभावित, अतिअशक्त विपन्न नागरिक, सुत्केरी, गर्भवती तथा प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गरिने छ ।

त्यसैगरी शिक्षा क्षेत्रको विकासका लागि बहुप्रतिभा पहिचान तथा विद्यार्थीको चौतर्फी विकास गर्न विविध विधागत कक्षा सञ्चालनका लागि यात्री शिक्षकको व्यवस्था गरिने र उच्च शिक्षाअन्तर्गत स्नातक तह अध्ययन गर्ने धुलिखेल नगरपालिकाका स्थायी बासिन्दालाई मासिक पढाइ शुल्क पूर्ण निःशुल्क र अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीका लागि कलेज र नगरपालिकाको लागत साझेदारीमा ५० प्रतिशत शुल्क मिनाहाका लागि अनुदानको व्यवस्थालाई यस वर्षसमेत निरन्तरता दिइनेछ ।

त्यस्तै खेलकुदतर्फ नगरमा बसोबास गरेका जिल्ला तथा राष्ट्रियस्तरका खेलाडीको रु एक लाख बराबर रकमको दुर्घटना बीमा नगरपालिकाबाट गरिने छ । लैङ्गीक हिंसा रोकथाम तथा न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने तथा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरणका माध्यमबाट ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समृद्ध नगर निर्माणका लागि उपयोग गरिनेछ । पूर्वाधारतर्फ नगरक्षेत्रका सबै सघन बस्तीस्तरसम्म बाह्रै महिना सवारी आवागमन हुनसक्ने गरी सडक सञ्जालको निर्माण गरिने र सबै घरधुरीबाट १५ मिनेटको दुरीभित्र सडकको पहुँच विस्तार गर्ने गरी सडक रेखाङ्कन गरिने । साहसिक खेललाई प्रोत्साहन तथा प्रवर्द्धनका लागि सरोकारवालाको सहकार्यमा नगरको देविटारमा माउन्टेन स्पोर्टस् तालिम केन्द्र निर्माणको आवश्यक अध्ययन गरिने भएको छ ।

त्यसैगरी पर्यटन विकासतर्फ देवीस्थान पार्कको बाँकी काम पूर्णरुपमा सम्पन्न गरी नमूना पार्कका रुपमा विकास गरिने र उक्त पार्कमा निर्मित भवनमा जातजातिको पहिचान झल्कने वेशभूषा तथा परम्परागत सामग्रीको प्रदर्शनीस्थल राख्ने व्यवस्था मिलाइने छ । कृषि क्षेत्रको विकासका लागि बैंकसँगको समन्वयमा कृषि कार्डमार्फत बिनाधितो कृषि ऋण उपलब्ध गराउन समन्वय गरिने र यसबमोजिम प्रवाह गरिने ऋणमा लाग्ने व्याजमा आवश्यक अध्ययन गरी अनुदानको व्यवस्था गरिने, कृषि र पशु प्राविधिकको दक्षता अभिवृद्धि गरी प्रविधिको प्रयोगमार्फत किसानलाई कार्यस्थलमा नै तत्काल सेवा प्रवाह गर्ने प्रबन्ध गरिने योजना अघि सारेको छ ।

नगरपालिकाले पशु विकासतर्फ नगरलाई दूध र मासु तथा फुलमा आत्मनिर्भर बनाउन उपयुक्त भूगोललाई गाईभैँसी र बाख्रा, कुखुरा पकेट क्षेत्रका रुपमा विकास गरिने छ । शुक्रबार सम्पन्न नगरसभाको एघारौँ अधिवेशनबाट नगरपालिकाले रु एक अर्ब ३५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । सोअन्तर्गत चालुतर्फ रु ६४ करोड तीन लाख आठ हजार छ भने पूँजीगततर्फ रु ७० करोड ५६ लाख ९२ हजार र वित्तीय व्यवस्थातर्फ ४० लाख रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : ३५ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई