तनहुँका स्थानीय तहद्वारा बजेट सार्वजनिक « Khabarhub

तनहुँका स्थानीय तहद्वारा बजेट सार्वजनिक


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार एक सय ८५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् ।

व्यास नगरपालिकाले रु एक अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु ८६ करोड ५५ लाख छ हजार  र पूँजीगततर्फ रु ७८ करोड ९९ लाख ४५ हजार अनुमान गरिएको उपप्रमुख इन्दिरा दरैले बताएका छन् । आर्थिक विकासतर्फ रु चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ रु ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु ४० करोड ६३ लाख ८६ हजार विनियोजन गरिएको छ ।

उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदान बापत ५८ करोड ९८ लाख, आन्तरिक स्रोतको आयबाट रु २२ करोड ६० लाख, सङ्घ सरकारको वित्तीय समानीकरण अनुदान रु २० करोड ६९ लाख, सङ्घ सरकारको राजश्व बाँडफाँडबाट रु १५ करोड ७२ लाख ९९ हजार, नगर विकास कोष ऋणबाट रु ११ करोड, सञ्चित कोष अल्याबाट रु दश करोड, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु दश करोड आय अनुमान गरिएको छ ।

सङ्घ विशेष अनुदानबाट रु चार करोड, प्रदेश वित्तीय समानीकरण अनुदान रु दुई करोड ५९ लाख ८१ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु दुई करोड नौ लाख ७१ हजार, सङ्घ समपूरक अनुदान रु दुई करोड दश लाख, प्रदेशको विशेष अनुदान रु एक करोड, सशर्त अनुदान रु एक करोड, समपुरक अनुदान रु एक करोड, प्रदेशको नवप्रवर्तनीय साझेदारी कोष अनुदान रु एक करोड, सङ्घ सरकारको सडक बोर्ड नेपालबाट रु एक करोड, जनसहभागिता नगदबाट रु ६० लाख र मूल्य शृङ्खला कार्यक्रम अनुदान रु १५ लाख हुने अनुमान गरिएको छ । 

भानु नगरपालिकाले रु ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमध्ये सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १५ करोड ६५ लाख, सशर्त चालु अनुदान रु ३७ करोड आठ लाख, सशर्त पुँजीगत रु एक करोड ३९ लाख, विशेष अनुदान रु एक करोड ५० लाख, समपूरक अनुदान रु दुई करोड २० लाख, सङ्घीय राजश्व बाँडफाँडबाट रु १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको उपप्रमुख उमा गोतामेले बताए । प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान रु एक करोड ८८ लाख, राजश्व बाँडफाँडबाट रु एक करोड २२ लाख १५ हजार, प्रदेश समपूरक रु एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ ।

शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २२ करोड १६ लाख ३१ हजार आठ सय २० को अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये समानीकरण अनुदान सङ्घबाट रु १६ करोड ३१ लाख, राजश्व बाँडफाँड सङ्घबाट रु १२ करोड ९८ लाख ९० हजार, सशर्त अनुदान रु ४१ करोड नौ लाख, समानीकरण अनुदान प्रदेशबाट रु एक करोड ९९ लाख ८८ हजार, राजश्व बाँडफाँड प्रदेशबाट रु एक करोड ६४ लाख ६३ हजार, प्रदेश समपूरक अनुदानबाट रु ७० लाख, आन्तरिक आयबाट रु १५ करोड ८२ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता अन्तरसरकारी अख्तियारीबाट रु २५ करोड, गरिबसँग विशेश्वर कार्यक्रम अन्तर सरकारी अख्तियारीबाट रु छ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट रु दुई करोड ९४ लाख ४० हजार आठ सय २०, जनसहभागिताबाट रु तीन करोड आय हुने अनुमान गरिएको उपप्रमुख खुमबहादुर बिकले बताए ।  

व्ययतर्फ विषयगततर्फ रु २४ करोड ९५ लाख ३१ हजार आठ सय २०, सशर्त अनुदानतर्फ रु ४१ करोड नौ लाख, प्रदेश रामपुरकतर्फ रु ७० लाख, वडागत सिलिङ रु नौ करोड ७६ लाख, सडकबोडतर्फ रु ६० लाख, गरिबसँग विशेश्वरतर्फ रु छ लाख, चालुखर्चतर्फ रु १७ करोड, सामाजिक सुरक्षातर्फ रु २५ करोड, जनसहभागितातर्फ रु तीन करोड हुने अनुमान गरिएको छ । भिमाद नगरपालिकाले रु ६७ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । देवघाट गाउँपालिकाले रु ५२ करोड छ लाख ६४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु ३३ करोड ४० लाख तीन हजार र पूँजीगततर्फ रु १८ करोड ६६ लाख ६१ हजार विनियोजन गरिएको उपप्रमुख भुवनसिं गुरुङले बताए ।

आँबुखैरेनी गाउँपालिकाले रु ६० करोड ५३ लाख ३३ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । कूल विनियोजितमध्ये चालुतर्फ रु ३४ करोड ४४ लाख र पूँजीगततर्फ रु २६ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख दुर्गा अर्यालले बताए । आर्थिक विकासतर्फ रु आठ करोड ९० लाख, सामाजिक विकासतर्फ रु १९ करोड १९ लाख, पूर्वाधारतर्फ रु १८ करोड ३६ लाख, वन वातावरणतर्फ रु एक करोड ३६ लाख, सुशासनतर्फ रु दुई करोड ३२ लाख विनियोजन गरिएको छ । आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट रु १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट रु दश करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड ७० लाख, राजश्व बाडँफाँटबाट रु आठ करोड, प्रदेश सरकार अनुदानबाट रु एक करोड १६ लाख, सशर्त अनुदानबाट रु ४० लाख हुने अनुमान गरिएको छ । 

बन्दीपुर गाउँपालिकाले रु ६२ करोड ६२ लाख ९२ हजारको बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु ४२ करोड ४९ लाख र पूँजीगततर्फ रु २० करोड १३ लाख ९२ हजार विनियोजन गरिएको उपाध्यक्ष पञ्चमाया गुरुङले बताए । म्याग्दे गाउँपालिकाले रु ७३ करोड २६ लाख ९५ हजार तीन सय ६५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये पूँजीगततर्फ रु १५ करोड ९२ लाख २९ हजार छ सय ७५ र चालुतर्फतर्फ रु ५७ लाख ३९ हजार ६ सय ९० गरी रु १६ करोड ४९ लाख ६९ हजार तीन सय ६५ विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । 

घिरिङ गाउँपालिकाले रु ४९ करोड ६६ लाख ८९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु २६ करोड ९१ लाख ३४ हजार र पूँजीगततर्फ रु २३ करोड २६ लाख विनियोजन गरिएको उपाध्यक्ष राधादेवी अधिकारीले बताए । ऋषिङ गाउँपालिकाले रु ४९ करोड ९९ लाख ४९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : १४ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि