देशलाई अस्थिर राजनीतिक अवस्थाबाट बचायौँ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

देशलाई अस्थिर राजनीतिक अवस्थाबाट बचायौँ : अध्यक्ष नेपाल


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बचाएको बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको उनको भनाइ छ । यस कारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको दाबी गरे ।

कार्यक्रममा उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिए । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न उनले निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : ३८ बजे

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत

मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको

मधेशमा ९ महिनामै आगलागीका १२ सय घटना, ५६१ घर जले, २० जनाको मृत्यु

जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८०/८१ मा १२ सय

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई