मुगुका किसानलाई मौरी र बाकस वितरण | Khabarhub Khabarhub

मुगुका किसानलाई मौरी र बाकस वितरण


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– हिमाली जिल्ला मुगुका किसानलाई मौरी र मौरी पाल्न मिल्ने बाकस वितरण गरिएको छ । सोरु गाउपालिका वडा नम्बर १, २ र ४ का तीन जनालाई व्यवसायीक रुपमा मौरी पाल्न मिल्ने गरी मौरी र बाकस वितरण गरिएको हो ।

टिडी एज बिएम जेट जर्मनको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा सञ्चालित हिमाली ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजनाअन्तर्गत उनीहरूलाई मौरी वितरण गरेको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरू शाहीले बताइन् ।

उनका अनुसार कृषि समूहअन्तर्गत सोरु गाउपालिका–१ का मनदेवी शाही, वडा नम्बर २ बाँचेका नाथ योगी र वडा नम्बर ४ का साउनी बुढालाई मौरीसहित बाकस वितरण गरिएको हो । यस्तै, मौरी संरक्षणमा आवश्यक पञ्जा, हेल्मेट, चक्कु पनि वितरण गरिएको छ । 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : ४५ बजे

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक