कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक जीर्ण, मर्मतमा गएन ध्यान   « Khabarhub

कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक जीर्ण, मर्मतमा गएन ध्यान  


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक खण्ड जीर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम–हलेसी (३० किलोमिटर) सडक जीर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम–हलेसीको च्यास्मिटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उक्किदा खाल्डाखुल्डी बनेको छ ।

३–४ वर्षमै कालोपत्रे उक्किन थालेपछि धार्मिक स्थल हलेसी मन्दिर आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी काठमाडौं लगायतका सहर जाने र आउने प्रमुख मार्ग हो ।

दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर भइरहने सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ। सडकका खाल्डा जोगाउँदा दुर्घटनाको जोखिम बढेको चालकहरूको भनाइ छ ।  खाल्डोमा वर्षा याममा पानी जमेर आहाल बन्ने गरेको उनीहरूको भनाइ छ ।

यो सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेको जिम्मामा छ । तर, मर्मतमा ध्यान दिएको छैन । ‘सडकको अवस्था नाजुक हुँदा हलेसी आउजाउ गर्ने पर्यटक र दर्शनार्थीलाई यात्रा गर्न कठिन भइरहेको छ,’ कार्यकारी निर्देशक भुजेलले भने, ‘तत्काल मर्मत नगरे दुर्घटना निम्तिने खतरा छ । खराब अवस्थाको सडकका कारण जिल्लाप्रति नकारात्मक सन्देश गइरहेको छ ।’

सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले ०६५ देखि ०६७ मा ओटासिल गरेको थियो । कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल तीन/चार वर्ष नबित्दै उक्किन थालेको थियो । ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण आठ वर्ष नपुग्दै जयराम–हलेसी सडकको अवस्था कच्ची सडक सरह बनेको स्थानीय जीवन राईले बताए ।

ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्रे गर्न लागेपछि स्थानीयले उसबेला सडक संघर्ष समिति समेत गठन गरेको थियो । जयरामदेखि हलेसीसम्मको सडक पिच गर्ने क्रममा ठेकेदारले बस्तीनजिक बाहेकका विभिन्न खण्डमा पिच नै नगरी छाडेको थियो । सडकका बाँकी खण्डमा पनि पिचको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको थियो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ५ : ०० बजे

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर