हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन जडान « Khabarhub

हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन जडान


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको त्रिधार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि पिपुल काउन्टिङ मेसिन जडान गरिएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरमा दर्शन एवं भ्रमणका लागि प्रवेश गर्ने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि माछापुच्छ्रे बैंकले गणना मेसिन जडान गरेको हो । 

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत राखिएको पिपुल काउन्टिङ मेसिन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले उद्घाटन गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा हालसम्म दर्शन एवं भ्रमण गर्ने पर्यटक तथा दर्शनार्थीको तथ्यांक राख्ने व्यवस्था नभएको अवस्थामा पिपुल काउन्टिङ मेसिन राखिएको माछापुच्छ्रे बैंक हलेसी शाखाका प्रबन्धक नयन थापाले बताए । 

मन्दिरको प्रवेश द्वारमा गणनाका लागि पिपुल काउण्टिङ क्यामेरा जडित ढोका बनाइएको छ । मन्दिर प्रवेश गर्ने पर्यटक र दर्शनार्थीलाई सोही ढोकाबाट प्रवेश गर्ने र गराउने व्यवस्था मिलाइने छ । पिपुल काउण्टिङ क्यामेराले मन्दिर प्रवेश गर्ने र बाहिरिने पर्यटक तथा दर्शनार्थीको संख्या कम्प्युटरमा रेकर्ड गर्ने हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए । पिपुल काउन्टिङ मेसिनको ढोकाबाट प्रवेश नगर्नेको संख्या भने रेकर्ड नहुने जनाइएको छ ।  

कार्यक्रममा उपमेयर रमेश राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : ०९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब