अदानचुली गाउँपालिकाले ल्यायो एक घर एक धारा नीति « Khabarhub

अदानचुली गाउँपालिकाले ल्यायो एक घर एक धारा नीति


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला जिल्लाको दक्षिणीमा रहेको अदानचुली गाउँपालिकाले अदानचुलिका बस्तीमा  एक घर एक धाराको नीति ल्याएको छ । जिल्लाको तल्लो भेग श्रीनगर सधैँ खानेपानीको समस्या हुने भएको कारण एक घर एक धाराको नीति लिएर त्यस अनुसारको खोने पानीको दिगो समस्या समाधान गर्न योजना निर्माण कार्य अगाडि बढाइने नवनिर्वाचित गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए ।

हालको गाउँपालिका केन्द्र श्रीनगर लाई विशेष ध्यान दिँदै बजेटले गाउँपालिकाले पूर्वाधार, स्वास्थ्य, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई प्राथमिकतामा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त प्याकुरेलले बताए । अदानचुली गाउँपालिकाको ११औं गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरण र सामाजिक न्याय कायम गर्न शिक्षा, स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, जीवनस्तरमा रूपान्तरण र दिगो पूर्वाधार नारा अघि सारिएको अध्यक्ष सिंहले बताए ।

गाउँपालिकाको नीति कार्यक्रममा सबै वडाका बस्ती–बस्ती गाउँ–गाउँसम्म मोटर बाटो निर्माणलाई अगाडि बढाइ चक्रपथको विकास गर्ने कार्यको थालनी गर्ने गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । बजेटको श्रोत भने संघ र प्रदेश सरकारबाट प्राप्त बजेटले आर्थिक वर्ष ०७९/८० का लागि २८ करोड ५५ लाख २४ हजारको बजेटमा पूर्वाधारलाई पहिलो प्राथमिकता राखेको छ ।

अदानचुलि गाउँपालिका अध्यक्ष मोहन बिक्री सिंहको अध्यक्षतामा सभा सञ्चालन गरिएको हो भने नीति, बजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : १९ बजे

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाण

काठमाडौं- पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाण पनि

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना