एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेला गाउँपालिकाको तयारी | Khabarhub Khabarhub

एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेला गाउँपालिकाको तयारी


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई तत्काल अस्पतालमा पुर्‍याउने व्यवस्थाका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

शुक्रबार सम्पन्न १२ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आर्थिक वर्ष २०७९/०८० देखि आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर बचाउनका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रम पेस गरेका छन् ।

एयर एम्बुलेन्स सेवा सञ्चालनका लागि छुट्टै आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना गर्ने र सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने गाउँपालिका अध्यक्ष राईले बताए । ‘आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीका कारण तुरुन्त उपचार नपाएमा ज्यान जान सक्ने अवस्थामा रहेका पालिकाभित्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न आकस्मिक एयर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसका लागि छुट्टै आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना गरिने छ । सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने छ ।’

गाउँपालिकाले खिदिमाको तावा भन्ज्याङ आसपासमा सांस्कृतिक भिलेजको स्थापना तथा सञ्चालन गर्ने, बसाइसराई दर कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, बिजुली आदिको उचित प्रबन्ध गर्ने, खाने तेलमा आत्मनिर्भर बनाउनका लागि तोरी, फिलुङ्गे तथा रायोको उत्पादनमा विशेष जोड दिने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफूलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्बन गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : २७ बजे

दिवङ्गत आफन्तको सम्झनामा मनाइयो गाईजात्रा

काठमाडौं– काठमाडौंका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।  एक

सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई

शैलुङमा फस्टाउँदो होटल व्यवसाय (तस्बिरहरू)

दोलखा– जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङमा पछिल्ला महिनाहरूमा पर्यटक

आर्यघाटमा जलिरहेको शवबाट हड्डी र मासुको भाग बिक्री, अघोरीहरूसँग मिलेमतोको आशंका

काठमाडौं– पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला जलिरहेको शवबाट हड्डी र

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता