सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढनुपर्छ : नेता खनाल « Khabarhub

सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढनुपर्छ : नेता खनाल


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकास गरेर अगाडि बढ्नुपर्ने बताए । पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता खनालले आफ्नो पार्टीप्रति क्रान्तिकारी तथा इमानदार कार्यकर्ताको आकर्षण बढेकाले एकीकृत समाजवादीको नेतृत्वमा धार निर्माण गरेर मात्र समाजवादमा पुग्न सकिने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले लेनिनको क्रान्तिकारी विचारले भएको क्रान्ति विश्व परिवेशलाई तरङ्गित बनाएको बताउँदै समाजवादी क्रान्तिको बाहक ध्रुवका रूपमा बलियो पार्टी निर्माण गर्नुपर्ने बताए । यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउँदै उनले भने, ‘मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ । हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसङ्घर्ष गर्नुपर्ने बेला आएको छ । किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय, अत्याचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने छ । चुनावदेखि चुनावसम्म होइन, संसद्मा पनि जनताका आवाज उठाउनुपर्छ, अनि मात्र क्रान्तिकारी संसदवादी भइन्छ ।’

तत्कालीन नेकपाको दुईतिहाइको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण सरकारको अन्त्य भएको बताउँदै उनले तत्कालीन सरकारले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी कामसमेत कटौती गर्ने हदसम्मको काम गर्न खोजेको आरोप लगाए ।

नेता खनालले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्य, मान्यता, दृष्टिकोण मिच्ने काम गरेको र दक्षिणपन्थीको मतियार भएका कारण विद्रोह गर्नुपरेको बताउँदै भने, ‘ओलीले जो बालुवाटारप्रति बफादार छ, उसैलाई मात्र च्याप्ने काम गरे ।’ केपी ओली नेतृत्वको सरकारले चार–चारपटक बजेट ल्याउँदासमेत पार्टीलाई जानकारी नगराएको स्मरण गर्दै उनले भने, ‘त्यतिखेरको प्रतिपक्षी पनि निदाएको थियो । कतिपय नेता त संसद्मै देखिँदैनथे । यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु पागल–प्रलाप मात्रै थियो । हामी जतिसुकै प्रगतिशील कानुन र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।’

नवौँ महाधिवेसनमा पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताउँदै उनले भने, ‘वैचारिक, राजनीतिकरूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादीका कारण पार्टीमा विद्रोह गर्नुपर्‍यो ।’ मुलुकको स्थायित्वका लागि गठबन्धन गरेको उल्लेख गर्दै उनले भने, “कमसेकम हामीले मुलुकको संविधानको रक्षा गरेका हौँ ।’ नेता खनालले स्थानीय तह निर्वाचनमा हाम्रा लागि पूर्णरूपमा फलदायी नभएकाले आगामी निर्वाचनमा आवश्यकताअनुसार कुनै पनि शक्तिसँग सहकार्य गर्ने रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : ५३ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का