‘अब पर्खिदैनौँ, तत्काल नयाँ मन्त्रीको शपथ गराउनुस्’ « Khabarhub

नेकपा एसको प्रधानमन्त्रीलाई आग्रह

‘अब पर्खिदैनौँ, तत्काल नयाँ मन्त्रीको शपथ गराउनुस्’


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । .

शनिबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने भन्दै तत्काल पार्टीले सिफारिस गर्नेका नयाँ मन्त्रीहरूलाई शपथ गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बताए । उनले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नहुने र यसअघि गरेको निर्णय हुबहु कार्यान्वयन हुने जानकारी दिए। मन्त्री हेरफेरका विषयमा कुनै माग कुनै सर्त वा कुनै निवेदनले काम नगर्ने भन्दै कुनै विषयमा छलफल गर्नुपर्ने भए बैठकमा नै छलफल हुने जिकिर गरे।

बैठकले गठबन्धनलाई जोड दिँदै पारस्परिक लाभका आधारमा अन्य दलसँग सहकार्य गर्न गठबन्धन गर्न समाजवादी तयार भएको निष्कर्ष निकालेको छ । उनले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन देखा परेको र समाजवादीको भूमिका आवश्यक रहेको देखिएको निष्कर्ष रहेको बताए।

बैठकमा आम निर्वाचनको तयारी गर्ने लगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल हुने उनले जानकारी दिए।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : १६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा