बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर « Khabarhub

बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन् । दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गरेका हुन् । यो वास्तवमा आवश्यकभन्दा कम भएपनि यसले जीवन बचाउने राष्ट्रपति बाइडेनले बताए ।

युरोपमा प्रमुख कूटनीतिक शिखर सम्मेलनमा जानुअघि उनले ह्वाइट हाउसमा भने, ‘यो विधेयकले मैले चाहेको सबै कुरा गर्दैन, तर यसमा मैले लामो समयदेखि आह्वान गरेका कार्यहरू समावेश छन् जसले मानिसहरूको ज्यान बचाउनेछ ।

शनिबार बिहान हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ । उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए ।

पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभरि २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : ३३ बजे

मिथिला मध्यमा परिक्रमा : सांस्कृतिक सम्बन्धको निरन्तरता

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री दाेहाेर्‍याएर भारत पुगेका छन् ।

मुस्ताङका दश मतदान केन्द्र संवेदनशील

मुस्ताङ– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

खामेनेई युगको अन्त्य : इरानमा ३७ वर्षपछि ठूलो राजनीतिक शून्यता

तेहरान – अयातुल्ला अली खामेनेईको जन्म १९ अप्रिल १९३९ मा

शुक्लाफाँटा आरक्षका विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा

कञ्चनपुर– हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष

शनिबार बिहानै मारिएका थिए खामेनेई, इजरायलले हानेको थियो ३० वटा बम

तेहरान- इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण