वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेलअघि नै शृंखला « Khabarhub

वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेलअघि नै शृंखला


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखला एक खेल अघि नै कब्जा गरेको छ । आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो ।

भारतका अक्षर पटेलले आक्रमक ब्याटिङ गर्दै ६४ रन बनाए । श्रेयस ऐर ६३ रन, सञ्जु स्यामसन ५४ रन, सुभमन गिलले ४३ रनको योगदान गरे। वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो । वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ११५ रन बनाए । कप्तान निकोलस पुरनले ७४ रन बनाए । भारतका बलर शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए ।

भारतले पहिलो खेल तीन रनले जितेको थियो । अब, अन्तिम खेल बुधबार हुनेछ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : २१ बजे

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी