दक्षिणी युक्रेन पुनः कब्जा गर्छौ : युक्रेन « Khabarhub

दक्षिणी युक्रेन पुनः कब्जा गर्छौ : युक्रेन


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – फेब्रुवरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् ।

‘हामी भन्न सक्छौँ कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बरसम्म मुक्त हुनेछ र सबै कब्जाकर्ताहरूको योजना असफल हुनेछ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने ।

युक्रेनी सेना पश्चिमा  देशहरुले सहयोग गरेको लामो दूरीको तोपखानाका कारण उत्साहित बनेको र पछिल्ला सातामा दक्षिणी खेरसोन क्षेत्रको केही भाग उसले फिर्ता गरिरहेको छ ।

‘हामी भन्न सक्छौँ कि युद्धको मैदानमा एक मोड आएको छ । हामीले देख्छौँ कि युक्रेनको सशस्त्र बलहरू उनीहरूको सबैभन्दा भर्खरको सैन्य कारबाहीमा विजयी छन्’, खलानले भने ।

दक्षिणी खेर्सानका दुई प्रमुख पुल, रूसी हतियार भण्डारहरू र कमाण्ड पोस्टहरूमा युक्रेनी सेनाले हालै हमला गरेका थिए । ती हमला उक्त क्षेत्र फिर्ता गर्ने तयारीको हिस्सा भएको जनाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ३३ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध