बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ « Khabarhub

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ । ९ एन एएमएफ कलसाइन भएको जहाज दुर्घटनामा परेको हो ।

जहाज रन वेबाट चिप्लिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ जहाज दुर्घटनामा परेको बताउँदै यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बताए ।

यही जहाजमा झापाकै अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ पनि थिए । उनले जहाज ग्राउण्डमा ल्याण्ड भइसकेपछि रोकिँदै नरोकिएको सुनाए ।

‘ल्याण्ड राम्रै भएको थियो । रोकिँदै रोकिएन । ढोका फुटाएर निस्कियौँ । अगाडि एउटा भाइले फुटायो । पछाडि अर्काे भाइले फुटाएर हामी हाम्फालेर बाँच्यौँ’ उनले खबरहबसँग भने ।

जहाजको इमर्जेन्सी ढोका यात्रु उमेश मोक्तानले खोलेका थिए । उनले भने, ‘एयर होस्टेज आतिएपछि मैले धकेल्दिएर जहाजको इमर्जेन्सी ढोका खोलेँ।’

बुद्ध एयरका अनुसार जहाजमा ५१ जना सवार थिए । जहाजमा सवार सबै सकुशल छन् ।
अहिले दुर्घटनामा परेको जहाजबारे अध्ययन गर्न टेक्निकलटिम लिएर बुद्धको अर्काे जहाज झापा पुगेको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : ३९ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप