द्रौपदी मुर्मुले आज राष्ट्रपतिको शपथ लिँदै « Khabarhub

द्रौपदी मुर्मुले आज राष्ट्रपतिको शपथ लिँदै


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको शपथ लिँदै छिन् ।

मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ लिनेछिन् ।

प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

शपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन् ।

त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ : ४२ बजे राष्ट्रपति भवनको प्राङ्गणमा हुनेछ । तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने शपथ कार्यक्रमको तालिकामा उल्लेख छ ।

६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ५१ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध