माओवादीको माग सम्बोधन गर्न मुख्यमन्त्री शाही सहमत | Khabarhub Khabarhub

माओवादीको माग सम्बोधन गर्न मुख्यमन्त्री शाही सहमत


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा आज सुचारु हुने भएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको कांग्रेसबीच देखिएको असहमति पटक-पटकको छलफलपछि समाधान भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले असहयोग गरेको भन्दै माओवादीले सदनमा सहभागी नहुने बताएको थियो । आइतबार बसेको गठबन्धनका नेताबीचको छलफलमा माओवादीले उठाएका विषयमा सम्बोधन गर्न मुख्यमन्त्री शाही सहमत भएसँगै आज सदन सुचारु हुने बताएको छ । अहिले माओवादीको कर्णाली प्रदेशको संसदीय दलको बैठक बसिरहेको छ । हिजो भएको सहमतिबारे आन्तरिक छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सचेतक कृष्ण शाहका अनुसार माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व घोषणा गर्ने, सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना छानबिन गरेर कार्यान्वयन गर्ने, शान्ति पुनर्स्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्वका विधेयकको कुरामा मिलाएर लाने र मिलेर आएका पारित गर्ने सहमति भएको  छ।

आइतबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा काँग्रेसका तर्फबाट मुख्यमन्त्री शाही, नेकपा माओवादीका तर्फबाट पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाही, पूर्वमन्त्री एवं प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही र अम्मरबहादुर थापा सहभागी थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : २३ बजे

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘ए’को खेलमा पल्मेराइस र