स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह « Khabarhub

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलब्ध गराउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ ।

विभागले जारी गरेको अत्यन्त जरुरी सूचनामा प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्री–वितरणको गुणस्तर कायम गर्न तथा त्यसको प्रभावकारी अनुगमन र निरीक्षणलाई व्यवस्थित गर्न ‘प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४’ लागू भइसकेको जनाएको छ ।

सूचनाअनुसार अर्थोपेडिक इम्प्लान्ट, इनभिट्रो डायग्नोस्टिक, अपरेशन थिएटरमा प्रयोग हुने स्वास्थ्य सामग्री हृदय तथा शल्यक्रियाजन्य वस्तुहरूजस्ता स्वास्थ्य सामग्री तथा उपकरण उत्पादन गर्ने स्वदेशी उत्पादक र पैठारी गर्ने फर्महरूले तोकिएको विवरण विभागमा बुझाउनुपर्नेछ।

विभागले स्वदेशी उत्पादकको नाम र ठेगाना, पैठारीकर्ताको नाम र ठेगाना, उत्पादकको नाम र ठेगाना तथा स्वास्थ्य सामग्री र उपकरणको नाम स्पष्ट रूपमा उल्लेख गरी विभागको  सूचना प्राप्त भएको मितिले ७ दिनभित्र विवरण पठाउन आग्रह गरेको छ ।

सम्बन्धित सरकारी कार्यालयहरूलाई यस सूचनाको कार्यान्वयनमा सहयोग गर्नसमेत विभागले अनुरोध गरेको छ । सूचना औषधि व्यवस्था विभागका महानिर्देशकद्वारा जारी गरिएको हो ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १ : ३८ बजे

स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः अनसन बस्ने डा. केसीको चेतावनी 

काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक