गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने « Khabarhub

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष १७ गते बिहीबार कुपोन्डोल पुल नजिकै प्रदर्शन गर्नेभएको छ ।  

संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै पुस १७ गते प्रदर्शन गर्ने जनाएको हो ।

सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढी घरधुरीको उठीबास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ । 

२०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दाँयाबाँया कायम गर्न आदेश दिएको थियो ।

सरकारको निर्णय अनुसार नै पीडित रहेको अवस्थामा पछि सर्वोच्चको फैसलाले थप आफूहरू पीडामा परेको भन्दै संघर्ष समितिले उक्त फैसला कार्यान्वयन गर्न नदिन दबाब सिर्जना गर्दै आएको अभियन्ता राजाराम तण्डुकारले बताए । 

मापदण्ड कायमको आदेशविरुद्धको पुनरावलोकन पेशी पुस १७ गते नै सर्वोच्चमा परेको छ । आफूहरूले अदालतको कामकारबाहीलाई प्रभावित पार्न नभई स्थानीयको न्यायका लागि विरोध जनाउनुपरेको तण्डुकारले बताए ।

समितिले २०६५ मंसिर १ गते सरकारले जारी गरेको खोला मापदण्ड समेत खारेज हुनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : ०४ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र