पूर्वराष्ट्रपति राजापाक्षेलाई सिंगापुरबाटै पक्राउ गर्न माग « Khabarhub

पूर्वराष्ट्रपति राजापाक्षेलाई सिंगापुरबाटै पक्राउ गर्न माग


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुर – एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ ।

दक्षिण एसियाली देश श्रीलंकाको  लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी)ले माग गरेको हो ।

श्रीलंकामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी दायर गरेको हो ।

सन् २००९ मा गृहयुद्धको समयमा राजापाक्षेले देशको रक्षा प्रमुख हुँदा जेनेभा महासन्धिको गम्भीर उल्लंघन गरेको उक्त समूहले आरोप लगाएको छ ।

गत जुलाई १३ मा देश छोडेर भागेको एक दिनपछि राजापाक्षेले सिंगापुरबाटै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसअघि सरकार विरोधी प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय र सरकारी निवासमा प्रवेश गरेका थिए ।

प्रदर्शनकारी प्रवेश गर्नअघि राजपाक्षे सेनाको सहयोगमा गोप्य स्थानमा लुकेका थिए । लगत्तै उनी माल्दिभ्स पुगेका थिए । माल्दिभ्सबाट उनी सिंगापुर भागेका थिए । सिंगापुरबाटै उनले राजीनामा दिएका थिए ।

उनको राजीनामापछि श्रीलंकामा नयाँ राष्ट्रपति र प्रधानमन्त्री चयन भइसकेका छन् । राष्ट्रपति विक्रमासिंघेले प्रदर्शनकारीविरुद्ध कठोर नीति अंगीकार गरेको विश्लेषण हुन थालेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : १२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि