श्रीलंकामा प्रदर्शनकारीको कब्जामा रहेको राष्ट्रपति कार्यालय आज खुल्दै « Khabarhub

श्रीलंकामा प्रदर्शनकारीको कब्जामा रहेको राष्ट्रपति कार्यालय आज खुल्दै


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्ने भएको छ ।

केही दिनअघि सरकारले सेनाको बल प्रयोग गरेर राष्ट्रपति कार्यालय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएको थियो । सरकारको उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।

प्रदर्शनकारीहरूले यसै महिनाको सुरुमा देशको आर्थिक संकटलाई लिएर तीव्र आक्रोशबीच प्रदर्शनकारीले उपनिवेशकालिन उक्त भवनलाई कब्जामा लिएका थिए । प्रदर्शनकारीले भवन कब्जा गर्नुअघि राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए ।

गोटाबायाका उत्तराधिकारी रनिल विक्रमासिंघेले ९२ वर्ष पुरानो उक्त ऐतिहासिक भवन खाली गर्न सेनालाई आदेश दिएका थिए ।

राष्ट्रपति विक्रमासिंघेले आदेश दिएको २४ घन्टाभित्रै सेनाले उक्त भवनबाट प्रदर्शनकारीलाई हटाएको थियो । निःशस्त्र प्रदर्शनकारीहरूविरुद्ध बल प्रयोग गरेको भन्दै पश्चिमी देशहरू, संयुक्त राष्ट्र र मानवअधिकार संगठनले विक्रमासिंघको आलोचना गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १२ : २२ बजे

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था