‘कृषिप्रधान देशमा दुई खर्बभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद’ « Khabarhub

‘कृषिप्रधान देशमा दुई खर्बभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुई खर्बभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक विषय भएको बताएका छन् ।

गन्तव्य परिवारद्वारा सोमबार काठमाडौँमा आयोजित घर एक उद्यमशील सदस्य अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्ब ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै युवाहरूलाई स्वदेशमा नै परिचालन गरि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने बताएका हुन् ।

नेपालका युवाहरू विदेशका हरेक निकायमा रहेको भन्दै उनीहरूलाई स्वदेशमा नै परिचालन गर्दै मुलुकको आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए । सभामुख सापकोटाले गुन्द्रुक, जनै लगायत पछिल्लो समय खरानी समेत विदेशबाट ल्याउनुपर्ने अवस्था अन्त्य गरेरै छाड्नुपर्ने धारणा राखे । उनले युवाहरूको आवाजलाई राष्ट्रले धेरै राम्रोसंग बुलन्द गरिरहेको र त्यसको संकेत काठमाडौँ र धरानमा देखिन थालेको जिकिर गरे । युवाहरूको भावनालाई बुझ्न नसके मुलुक अझै पछि पर्ने उनको भनाई छ ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : ३७ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्