नोभेम्बरमा रिलिज हुँदै ‘उचाई’ « Khabarhub

नोभेम्बरमा रिलिज हुँदै ‘उचाई’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँदेखि सगरमाथाको फेद नाम्चेसम्म सुटिङ गरिएको बलिउड फिल्म ‘उचाई’ नोभेम्बर ११ मा हलमा रिलिज हुने भएको छ । बलिउडसँगै नेपालका पनि थुप्रै कलाकारले अभिनय गरेको फिल्मलाई सुरज बाडजात्याले निर्देशन गरेका हुन् । राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मको नेपालमा महिना दिनको हाराहारीमा सुटिङ गरिएको थियो । 

नेपाली प्रेमिका भेट्न भारतबाट नेपालको यात्रा गर्ने चार साथीको कथामा बनेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, वोमन इरानी, डेनी डेङ्जोपा र सारिका हुसेनको मुख्य भूमिका रहेको छ । सारिकाले नेपाली युवतीको भूमिका निर्वाह गरेकी हुन् जसलाई भेट्न अमिताभ बच्चन, वोमन इरानी, अनुपम खेर र डेनीले नेपालको यात्रा गर्छन् ।

नेपालमा हुने सुटिङका लागि अनुपम खेर र वोमन इरानी आएका भए पनि अमिताभ बच्चन र डेनीले मुम्बईमा नै निर्माण गरिएको सेटमा अभिनय गरेका थिए । उनीहरूको काम डुप्लिकेट राखेर पूरा गरिएको थियो । फिल्ममा परिनीति चोपडा र नीना गुप्ताको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : ५३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि