छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर, पाल्पा र सर्लाहीमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा। ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक धोबीघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्ड बि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । पाल्पाको रिप्दीकोट गाउँपालिका–२ लघुवास्थित सडकमा लु.१ ख ५९५२ नम्बरको बस आइतबार दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका बस चालक सहित १६ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाएकोमा ८ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । अन्यको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सर्लाहीको धनकौल गाउँपालिका–२ नयाँ रोड मधुवनीस्थित सडकमा ना.७ त १७३५ नम्बरको ट्रयाक्टरले बिआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामनगर नगरपालिका–५ बस्ने २२ वर्षीय रमेश कुमार यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स संजिवनी अस्पताल बरहथवा हुँदै नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : ०० बजे

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी, उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको