विकास समितिद्वारा फास्ट ट्रयाककाे कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन « Khabarhub

विकास समितिद्वारा फास्ट ट्रयाककाे कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौँ–मधेस फास्ट ट्रयाक काम समयमा नै सम्पन्न गर्नका लागि ठोस कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले अहिलेको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा समिति विश्वस्त नदेखिएको भन्दै आयोजनाको लागत नबढ्ने गरी समयमा नै आयोजनालाई सम्पन्न गर्ने गरी विश्वसनीय आधारसहितको ठोस कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले उक्त कार्यतालिका यथाशीघ्र समितिलाई उपलब्ध गराउन मन्त्रिपरिषद् कार्यालय, रक्षा मन्त्रालय र सम्बद्ध आयोजनाहरूलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए ।

त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा यसका वातावरणीय पक्षहरूको कार्यान्वयनको वर्तमान अवस्था र आयोजनाको तेस्रो पक्षबाट हुने अनुगमनको कार्यान्वयनको जानकारी जानकारी १५ दिनभित्र समितिमा पेस गर्न पनि निर्देशन दिइएको सभापति खड्काले बताए ।

बैठकमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले आयोजना अन्तर्गत विभिन्न खण्डमा ठेक्का लगाएर काम भइरहेको जानकारी दिए । उनले आयोजना निर्माण गर्दा वातावरणीय प्रभावलाई पनि सेनाले मध्यनजर गरेको दाबी गरे।समिति सदस्यहरूले आयोजनाको निर्माण गति निकै सुस्त भएको भन्दै आयोजना निर्माणमा देखिएका जटिलतालाई हटाएर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए ।

२०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको बहुप्रतिक्षित एसियन हाइ–वे मापदण्डको राष्ट्रिय गौरवको उक्त आयोजनाको हालसम्म २१.१८ प्रतिशत मात्रै समष्टिगत प्रगति भएको छ भने पूर्वनिधारित  कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका कार्यहरू अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : ५६ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले