गायिका शाहले भनिन्, ‘गीत मेरो तर मैले केही पाएकी छैन’  « Khabarhub

गायिका शाहले भनिन्, ‘गीत मेरो तर मैले केही पाएकी छैन’ 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सदाबहार गीत ‘सिमसिमे पानी’ को आधिकारिकतामा विवाद आएको छ । गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएको सामाजिक सञ्जाल मार्फत जनाएकी छिन्। उनले मौलिक सर्जक आफू भएको उल्लेख गर्दै निवेदनमा गायक प्रेमराजा महतको गीतमा अधिकार नभएको बताएकी हुन् । 

आइतबार फेसबुक लाइभमा आउँदै शाहले गायक तथा सरकारका महावाणिज्यदूत समेत रहेका महतले एकलौटी रुपमा गीतको अतिक्रमण गरेको आरोप पनि उनले लगाएकी छन् । उनले ‘सिमसिमे पानी’ भन्ने गीत गाउँबाट काठमाडौंमा आएर रेडियो नेपालमा गाएको पहिलो गीत रहेको र सोही गीत गाएर प्रतियोगितामा प्रथम भएको बताएकी हुन् ।

‘मैले रेडियो नेपालमा त्यो गीत गाएँ । प्रतियोगितामा एक्लै गीत गाएकी हुँ । आफ्नै लय र शब्द संकलनमा यो गीत गाएकी हुँ । सिंगल रेकर्ड गराएकी थिएँ’ गायिका शाहले भनेकी छिन् । त्यो समयमा गायक प्रेमराजा महतलाई टेलिभिजनमा देखेको र उहाँ रेडियो नेपालमै कार्यरत रहेको समेत उनले बताएकी छिन् । ‘उहाँले डुएट गरौँ भनेर आग्रह गर्नुभयो । मैले अभिभावकसँग सल्लाह गर्छु भनें । मैले बुवालाई गएर सोध्दा उहाँले यो तिम्रो लाइफको अचिभमेन्ट हो भन्नुभयो । कुनै सिनियरले गाऊ भन्छ भने त्यो पनि तिम्रो सफलता हो । उहाँले गाऊ भनेर अनुमति दिनुभयो’ उनले भनिन् ।

बुवाको अनुमति पाएर डुएट रेकर्ड गर्न म्युजिक नेपालसम्म पुगेको उनले बताइन् । त्यतिबेला म्युजिक नेपालले लगानी गरेर कलाकारको गीतलाई श्रोतासमक्ष पुर्‍याउने काम गर्ने भएकाले त्यहाँसम्म पुगेको उनको भनाइ छ । 

‘सिमसिमे पानीमा चाहिँ मलाई म्युजिक नेपालले इन्भेस्ट गरिदिएको हो । वाद्यवादन र रेकर्डमा उहाँकै लगानी छ । म्युजिक नेपालमा पनि उहाँले डुएट गरौँ भन्नुभयो । महतले भ्वाइलिन म राख्छु भनेर भन्नुभयो । तर मलाई वाद्यवादन के राख्दा राम्रो हुन्छ भन्ने थाहा थिएन । उहाँले भ्वाइलिनमा पाँच हजार रुपैयाँ एक्स्ट्रा खर्च गर्नुभयो । उहाँले दुई जनाको नाममा गरौँ एल्बम भन्नुभयो । नैतिक रुपमा उहाँले लगानी गरेपछि मैले हुन्छ भनेँ । दुई जनाको नाममा एल्बम निस्किने विषयमा पनि सहमत गरेँ’ गायिका शाहले लेखेकी छिन् । 

यद्यपि एल्बम बजारमा आउँदा प्रेमराजा महतको नाममा मात्र रहेपछि आफू सक्ड भएको उनले बताइन् । ‘सहमति के रैछ भने, म्युजिक नेपाल र प्रेमराजा महतबीच मात्र कपिराइट रैछ । त्यो थाहा पाएपछि म सक्ड भएँ’ उनले भनिन् ।

आफू माथि न्याय भएन भनेर मलाई त्यतिबेलै महसुस भएको उनले बताएकी हुन् । ‘असार ४ गते मैले लिखित रुपमा म्युजिक नेपालसँग निवेदन दिएकी छु । दर्ता नम्बर छ २५९ । निवेदन लेखेर गीतको सबै किसिमको हिस्ट्री मलाई चाहियो भनेर मागेकी छु । त्यो एल्बम आजसम्म जति बिक्यो, मैले एक सुइको पनि पाएकी छैन’ गायिका शाहले भनेकी छिन् । 

सर्जक, स्रष्टा भएको हैसियतले आफ्नो कपिराइटमा गीत रहने गरी निवेदन दिएको उनले बताएकी हुन् । २०५९ सालमा प्रतिलिपि अधिकार कानुन बनेपछि आफूले यो लडाईं लडिरहेको समेत उनले बताएकी छिन् । उनले फेसबुक लाइभमा आफ्नो सिर्जना अरु कसैलाई नछाड्ने स्पष्ट पारेकी छिन् । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ४३ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण