मंसिर २३ मा ‘डेसान’ « Khabarhub

मंसिर २३ मा ‘डेसान’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म ‘डेसान’ ले सोमबार फस्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनिक गरेको छ । महामारीको विषयमा निर्माण गरिएको फिल्म २३ मंसिरमा प्रदर्शन हुनेछ । सार्वजनिक एक पोस्टरमा डेब्यु अभिनेत्री पुनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन् भने अर्को पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ । 

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्मित फिल्ममा नम्रता, निशान, भोलाराज, पुनमका साथमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतका कलाकारको अभिनय छ । चक्रबहादुर महर्जनले खिचेको फिल्मको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत अनि प्रताप दास र प्रबिशा अधिकारीको स्वर छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले बितरण गर्दैछ । 

कोरोना महामारीको त्रासादीमा छायांकन गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रवाह गर्ने दाबी निर्माण पक्षको छ । राज थापा काउचाको कथा रहेको फिल्मको स्क्रिप्ट निर्देशक कमल स्वयंले लेखेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : २६ बजे

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका

राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कूलमा कक्षा ४

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ’

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी

भरूवा बन्दुकसहित एकजना पक्राउ 

दाङ– तुलसीपुर उपमहानगरपालिका-४ हरियाली टोल बस्ने ४२ वर्षीय डम्मर बहादुर विकलाई एकनाले