दिलमाया सुनार हत्याका आरोपित कारागार चलान « Khabarhub

दिलमाया सुनार हत्याका आरोपित कारागार चलान


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले सुर्खेत गुर्भाकोट नगरपालिका–२ की ३३ वर्षीया दिलमाया सुनारको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी कारागार चलान गरेको छ ।

प्रहरी वृत्त बालाजुको टोलीले विसं २०७९ असार ११ गते काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरको डेरामा सुनारको हत्यामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौँको गोठाटार बस्ने ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जानकारी दिए । पक्राउ श्रेष्ठ मृतक सुनारको कोठामा विगत आठ महिनादेखि मृतकको श्रीमान् हो भनी सँगै बस्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतकका बुबाले दिएको किटानी जाहेरीका आधारमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरेर राय प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई कारागार चलान गर्न आदेश दिएको प्रवक्ता मैनालीले बताए । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : २९ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति