दिलमाया सुनार हत्याका आरोपित कारागार चलान « Khabarhub

दिलमाया सुनार हत्याका आरोपित कारागार चलान


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले सुर्खेत गुर्भाकोट नगरपालिका–२ की ३३ वर्षीया दिलमाया सुनारको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी कारागार चलान गरेको छ ।

प्रहरी वृत्त बालाजुको टोलीले विसं २०७९ असार ११ गते काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरको डेरामा सुनारको हत्यामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौँको गोठाटार बस्ने ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जानकारी दिए । पक्राउ श्रेष्ठ मृतक सुनारको कोठामा विगत आठ महिनादेखि मृतकको श्रीमान् हो भनी सँगै बस्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतकका बुबाले दिएको किटानी जाहेरीका आधारमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरेर राय प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई कारागार चलान गर्न आदेश दिएको प्रवक्ता मैनालीले बताए । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : २९ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना