गायिका दिलमायाका हत्या आरोपी श्रेष्ठ कारागार चलान « Khabarhub

गायिका दिलमायाका हत्या आरोपी श्रेष्ठ कारागार चलान


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया कामी (सुनार) को हत्या आरोपी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रहरीका अनुसार श्रेष्ठले सुनारको हत्या गरेको स्वीकार गरेका थिए । श्रेष्ठ केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा चलान भएका काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

गत असार ११ गते काठमाडौंको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रहरीले हत्या आरोपी श्रेष्ठले फ्याँकेको दिलमायाको सल महाराजगञ्जस्थित कतारभिषा सेन्टर नजिकै सडकको पश्चिम किनारको खाली ठाउँको झाडीबाट बरामद गरेको थियो ।दिलमाया र श्रेष्ठ विगत ७/८ महिनाअघि देखि सँगै बस्दै आएको र आरोपी श्रेष्ठ घटना घटाएर फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : २४ बजे

संसद्‍मा आशिकाको माग- नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गरौँ

काठमाडौं–  प्रतिनिधिसभा सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको

प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट 

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको