दिक्तेलको एक पसलमा आगो लगाएर फरार भएका अभियुक्त पक्राउ « Khabarhub

दिक्तेलको एक पसलमा आगो लगाएर फरार भएका अभियुक्त पक्राउ


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङमा पसलमा आगो लगाएर फरार बनेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत १ साउनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका व्यवसायी रेखा राईको किराना पसलमा आगो लगाउने दिक्तेल आचार्य गाउँका २७ वर्षीय जगत कालिकोटे पक्राउ परेका हुन् ।

व्यस्त बजारबीचकै पसलमा आगलागी भएको घटनाका सम्वन्धमा सुक्ष्म अनुसन्धान गर्नेक्रममा कालिकोटेले आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले बताए ।

अभियुक्तलाई प्रहरीले आइतबार दिक्तेलकै अस्पताल चोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । कालीकोटे बिरुद्ध अपराधिक उपद्रव (आगो लगाएको) कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आगलागीमा चामल, दाल, तेल, बिस्कुट, चाउचाउ लगायतका उपभोग्य सामग्री जल्दा अन्दाजी २६ लाख १६ हजार ९३० बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ०५ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना