बाबुरामलाई प्रयोग गरेर ध्वस्त बनाउने प्रचण्ड नै हो | Khabarhub Khabarhub

बाबुरामलाई प्रयोग गरेर ध्वस्त बनाउने प्रचण्ड नै हो

‘चुनावमा स्वतन्त्र उम्मेदवारलाई साथ दिएर बुढा नेतालाई हराउनुपर्छ’


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राजनीतिमा डा. बाबुराम भट्टराईको लामो योगदान रहेको छ । प्रधानमन्त्री हुँदा काठमाडौँका सडक ठूला बनाइएको श्रेय उनैलाई जान्छ । अर्थमन्त्री हुँदा अर्थव्यवस्थामा सुधार ल्याएको भन्दै उनको तारिफ हुन गर्छ । पछिल्लो समय भने उनी त्यति धेरै चर्चामा छैनन् । निर्वाचन मिति नजिकिएसँगै डा. भट्टराईले चुनावमा उठ्ने निर्णय गरिसकेका छन् । उनले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिँदैछन् । डा. भट्टराईसँग लामो समय काम गरेका कृषिविद् एवम् राजनीतिज्ञ मदन राईसँग खबरहबका लागि खबरहबले गरेको कुराकानीको सम्पादित अंश:

अहिले डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा फर्किएजस्तै गरी एकता र एउटै चुनाव चिन्हमा उम्मेदवारी दिने सहमति भएको छ, तपाईँले यसलाई कसरी हेर्नुभएको छ ?

उहाँप्रतिको मेरो सोच हिजो पनि सकारात्मक नै थियो र आज पनि सकारात्मक छ । म संसार डुलेर राजनीतिमा धेरै सहभागी भएपछि थाहा पाएअनुसार राजा र कम्युनिस्ट एकै खालको अधिनायकवादी शक्ति र भव्य त्यसैमा मस्ती गर्ने  खालको मान्छेको झुन्ड या समूहलाई समयले ल्याएर एक ठाउँमा राखेको हो । त्यसैले म छुट्याउँदैनथेँ । त्यसैले राजा खेद्नमा माओवादीलाई सघाइयो । कम्युनिस्टको पालामा म एन्टीकम्युनिस्ट हो भने र ५६ सालमा काँग्रेस छोडेर यो अब सकिन्छ भनेर मार्स प्रेस पार्टीमा नै जग बनाउनुपर्छ । लोकतान्त्रिक पार्टी भनेर ५६ देखि ७२ सालसम्म बसेँ र बाबुराम जी ले मलाई फोन गरेर म पनि एन्टी कम्युनिस्ट भएँ भन्नुभयो र त्यसपछि त्यो यात्रा गर्दा वैचारिकताको आवश्यकता, लोकतान्त्रिक पार्टीको आवश्यकता लगायत सबै कुराको छलफल गर्दै यहाँसम्म आउँदा म उहाँलाई गाली गर्न चाहन्नँ ।

उहाँको कमजोरी के भयो भने परिवारको प्रेसर र नजिकको आफ्नो साथीहरूको शक्तिप्रतिको मोहप्रति जान सक्नुभएन। अहिले पनि उहाँको हामीप्रति वैकल्पिकता सम्वृद्धि चाहेको हो शक्ति चाहेको हैन । हामी शक्तिमुखी राजनीति हैन सेवामुखी, भोटमुखी, मतदानमुखी हुनुपर्‍यो भनेर ७ वर्ष उहाँले पनि टीका लगाउनुभयो ।

नयाँ शक्ति पार्टी विघटन गरेर उहाँले विभिन्न मधेसवादी दलसँग एकता गरेर पनि हिँड्नुभयो, त्यसपछि जसपासँग हुँदा पनि तपाईँहरू सँगसँगै हुनुहुन्थ्यो, बाबुराम भट्टराईको प्रवृत्तिप्रति तपाईँको अहिले पनि रोष हो ?

मसँग अर्को विवाद भएको भए यो देशमा बाहुन बाहेक अरूले शासन सत्ता चलाए भने हावा खान्छ । जातीयताको म विरोधी हो । तर राजाले नेपालमा धेरै वर्ष जातीयताका आधारमा शासन चलायो । त्यसमा बाबुराम जी पनि जातीयताको विरोधी हो । किनभने उहाँ जत्तिको कोही पनि राजनेता मैले देखेको छैन ।

मुख्य त उहाँले शिक्षा क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । अहिलेको जस्तो स्वतन्त्रता पहिला राजाको पालामा थिएन । यो अहिले बाबुरामको गणतन्त्रको उपलब्धि हो । अर्थमन्त्री हुँदा नेपालको अर्थतन्त्रको ढुकुटीलाई फराकिलो पार्नुभयो । प्रधानमन्त्री हुँदा यातायातमा सहरको बाटो फराकिलो बनाइदिए र त्यसपछि मध्ये पहाडी लोकमार्गको मार्ग चित्र बनाएर धेरै उनले योगदान गरेका छन् । उनी मानिस हुन् उनले आफ्नो परिवार पाल्छ । त्यसैले ठूला जातका मानिसले यो सानो जातको भएर यति गर्‍यो भनेर भनेका हुन् ।

तपाईले किन साथ छोड्नुभयो त ?

हामी जोडिदा उहाँ पनि एन्टी कम्युनिस्ट, म पनि भएका हुनाले जोडिएको थियौँ । तर, पछि त्यही फटाहा प्रचण्डसँग शरण लिनुभयो । त्यतिबेला मैले र अन्य दलहरुले अब तपाई चुनाव नलड्नुहोस् तपाई एउटा सल्लाहकार भएर बस्नुहोस् भन्यौँ तर उहाँले हामीलाई हुन्छ त भन्नुभयो तर चुनाव छोड्नु भएन ।

भट्टराई आफ्नो व्यक्तित्व घट्दै गएकाले प्रचण्डको नजिक पुगेका हुन् त ?

पछि त्यसमा महेन्द्र राय यादवहरू मधेसबाट थपिनुभयो त्यसको पनि व्यवस्थापन गर्नुपर्‍यो । त्यो छलफल गर्ने क्रममा  प्रचण्डसँग पुग्नुभयो अन्य पार्टीका नेताहरुसँग पनि पुग्नुभयो । तर, बाबुरामलाई प्रयोग गरेर ध्वस्त बनाउने प्रचण्ड नै हो । किनभने नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता भएको पपुलर पार्टी सबैलाई बढी भत्ता दिन्छ भन्ने थियो तर चुनाव चिन्ह नदिएपछि हामीले ३५ हजार पदमा स्वतन्त्र लड्नुपर्‍यो । त्यो बेला नाकाबन्दीमा मधेसमा मधेसवादी पार्टीहरूले भारतको पक्ष लिएको हुनाले पहाडमा त्यसको ठूलो नकारात्मकता फैलियो र त्यो चिन्ह लिएपछि हामी सकिएको त्यहाँबाट हो ।  मैले त्यति बेला नै छोडेको थिएँ फेरि विचार मिल्ने हुनाले मिलेर जाऔँ भन्दा उहाँले एकल निर्णय गरेर नमिल्ने भन्नुभयो ।

बाबुराम भट्टराईको यो माओवादीसँगको तालमेलमा फर्किनुलाई धेरैले आलोचना गरेका छन् यसलाई तपाईले कसरी हेर्नुहुन्छ ?

बाबुराम भट्टराई प्रधानमन्त्री समेत भइसकेका व्यक्ति हुनुहुन्छ । उहाँले नेपाली राजनीतिमा धेरै योगदान गर्नुभएको छ । योग्य व्यक्ति कहिल्यै पनि शक्तिविहीन हुँदैन । उहाँलाई गाली गर्नेभन्दा बढी सम्मान गर्ने छन् । बाबुराम भट्टराई सकियो भन्नु एउटा भ्रम मात्र हो ।

तपाई स्वतन्त्र भए पश्चात् आउँदै गरेको निर्वाचनमा चुनाव लड्ने योजना छ कि ?

अबको राजनीति हामी सबै साथीहरू मिलेर यो जति पनि शक्ति, भक्ति र मस्ती गर्ने काँग्रेस एमाले माओवादी र अरू धर्म मान्ने राजावादीहरूको विरुद्धमा हामी रवि लामिछानेको समूह, विवेकशील साझा पार्टीको समूह एकजुट भएर स्वतन्त्र ढङ्गले पदमा लालच नगर्नेहरू र अहिलेको स्वतन्त्र अभियानमा पश्चिममा गोपी हमाल गोपाललाई मध्यमा बालेनलाई र पूर्वमा हर्कलाई सङ्गठित गराएर शक्ति, भक्ति र मस्ती गर्नेहरूको विरुद्धमा हामी सेवा र समृद्धिको राजनीति बनाउने प्रयास गरेका छौँ । कम्युनिस्ट र काँग्रेसको विलासीपनलाई अब जनताले बिदा गर्नुपर्छ । हरेक निर्वाचन क्षेत्रमा बिदाइ गर्नुपर्छ ।

तपाईँहरूले यी धेरैपटक प्रधानमन्त्री भएका नेता वृद्ध नेतालाई यो आउँदो चुनावमा हटाउन सक्नुहुन्छ ?

मूल ब्वाँसोहरु शेरबहादुर देउवा, खड्क प्रसाद ओली, प्रचण्ड, माधव नेपाल र अहिले बाबुराम पनि हुन् । यी ब्वाँसोहरुलाई हराउनुपर्छ । हामीले हराउने हैन । जनताले हराउने हो । हामीले जनताहरूलाई आह्वान गर्ने हो । हामीले जनताहरूलाई कति समयसम्म ब्वाँसोहरु पालेर बस्नुहुन्छ भन्छौँ । उमेर ज्ञान र समृद्धि भएका व्यक्तिहरूलाई जिम्मेवारी दिनु पर्दछ ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ७ : ५४ बजे

सामानको मूल्यसूची सबैले देख्नेगरी राख्न विक्रेतालाई महानगरको आग्रह, बढी लिए कारबाही

काठमाडौं– दशैँलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति,

तराई–मधेश क्षेत्रमा आज जितिया पर्व मनाइँदै

काठमाडौं– नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायले

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध

गण्डकी– पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा

युवा माझ ह्यारिसको लोकप्रियता बढ्यो, ट्रम्प ४७ अंकले पछाडि

न्युयोर्क – मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल

नेपालमा गर्व गर्न लायक सांस्कृतिक रीतिरिवाज छन् : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको