नवौं राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनौट खेल सुरु  « Khabarhub

नवौं राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनौट खेल सुरु 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङमा सितोरियो करातेको छनौट खेल सुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिता एवं चौथो जिल्लास्तरीय कराते प्रतियोगिता सुरु भएको हो । जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गरेका छन् ।

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटका लागि नेपाल सितोरियो कराते संघसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रदेश स्तरीय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो करातेका २९ जना खेलाडी छनौट हुने छन् । एकैदिनमा प्रतियोगिता नसकिएका कारण छनौट हुने खेलाडीको अन्तिम परिणाम बिहीबार मात्र टुंगो लाग्ने छ । जिल्लास्तरिय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीले आगामी भदौ १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताअन्तर्गत  खोटाङबाट १४ विद्याका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट हुनेछन् । त्यसमध्ये भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका ४ जना खेलाडी छनौट भइसकेको छ ।

बिहीबार र शुक्रबार सञ्चालन हुने छनौट प्रतियोगिताबाट तेक्वान्दोका २२ जना, टेबलटेनिसका ४, फुटबलका ३२ र व्याडमिन्टनका ७ खेलाडी छनौट हुने खेलकुद विकास समितिले जनाएको छ । यस्तै, भारोत्तलनका २, उसुका १०, बक्सिङका ३, पौडीका २, शारीरिक सुगठनका १ र सफ्ट टेनिसका २ खेलाडीले प्रदेश स्तरीय खेलमा सहभागी जनाउने केसीले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ६ : ३१ बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित