विश्व इतिहासमा आज : उरुग्वेको स्वतन्त्रतादेखि निल आम्स्ट्रङको निधनसम्म « Khabarhub

विश्व इतिहासमा आज : उरुग्वेको स्वतन्त्रतादेखि निल आम्स्ट्रङको निधनसम्म


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ ९ गते बिहीबार । सन् २०२२ को अगस्ट २५ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१२ अगस्ट २५ मा चन्द्रमामा पहिलो पाइला राख्ने पहिलो मानिस निल आम्स्ट्रङको निधन भएको थियो । ८२ वर्षको उमेरमा मुटुको शल्यक्रिया भएको केही हप्तापश्चात् उनको मृत्यु भएको थियो ।

सन् २०१२ अगस्ट २५ मा नासाको ‘भोयेजर १’ इन्टरस्टेलर स्पेसमा प्रवेश गर्ने पहिलो अन्तरिक्ष यान बनेको थियो । भोयरजर १ ले सूर्यबाट करिब १८ अरब किलोमिटरको दुरी पुरा गरेको थियो ।

सन् १९९१ अगस्ट २५ मा माइकल शूमाकरले फर्मुला वान रेसमा आफ्नो डेब्यू गरेका थिए । स्पा फ्रान्कोरच्याम्पस्मा आयोजना भएको बेल्जियम ग्रान्ड प्रिक्समा शूमाकरको  पहिलो रेस बन्यो ।

सन् १९९१ अगस्ट २५ मा बेलारुसले यूएसएसआरबाट स्वतन्त्रता प्राप्त गर्‍यो ।

सन् १९८९ अगस्ट २५ मा जापानी वातावरण एजेन्सीका पूर्व प्रमुख मायुमी मोरियामा जापानको पहिलो महिला क्याबिनेट सचिवमा नियुक्त भइन् ।

सन् १९८१ अगस्ट २५ मा ‘भोयेजर २’ स्पेसक्राफ्ट शनि ग्रहको निकट पुगेको थियो ।

सन् १९८० अगस्ट २५ मा जिम्बाब्वे संयुक्त राज्यको सदस्य बनेको थियो ।

सन् १९४४ अगस्ट २५ मा पेरिस नाजी अतिक्रमणबाट मुक्त भएको थियो । सन् १९४० मा नाजीले पेरिसलाई अतिक्रमण गरेको थियो ।

सन् १८३५ अगस्ट २५ मा ‘द ग्रेट मुन होक्स’ को पहिलो श्रृंख्ला ‘द न्यूयोर्क सन’ मा प्रकाशन भएको थियो । सो श्रृंख्लामा चन्द्रमामा भएको सभ्यताको खोजको विषयमा उल्लेख गरिएको थियो ।

सन् १८२५ अगस्ट २५ मा उरुग्वेले ब्राजिलियन साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । सो घोषणा गरे तापनि ब्राजिलियन साम्राज्यले सन् १९२८ मा गरेको ‘मोन्टेभिडियो सन्धी’ ले मात्र उरुग्वेको औपचारिक स्वतन्त्रता मान्य भएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ७ : १० बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले