मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ? « Khabarhub

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा जोखिम धेरै


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि असोज ९ गते शुक्रबारसम्म देशका विभिन्न भागमा हल्कादेखि अति भारीसम्म वर्षा हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले जारी गरेको तीन दिने मौसम चेतावनी बुलेटिनअनुसार आगामी तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ

बुधबारको मौसम: बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको आँकलन गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा तथा मधेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। राति कोशी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ

बिहीबारको मौसम: बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरी चल्नसक्छ।

बिहीबार राति भने वर्षाको मात्रा अझ बढ्नेछ। कोशी, मधेश, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको छ

शुक्रबारको मौसम: शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईमा हावाहुरीको जोखिम रहेको छ।

शुक्रबार राति देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ९ : ५० बजे

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने

चालु आवको दुई महिनामा वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढ्यो, घाटा ३ खर्ब २४ अर्ब ९३ करोड नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालको