बराबरीमा रोकिए बार्सिलोना र सिटी « Khabarhub

बराबरीमा रोकिए बार्सिलोना र सिटी


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियाल महारेजले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा बार्सिलोनासँग हारको संकट टारेको छ ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा सिटीले ३-३ को बराबरी खेलेको हो ।

२१औं मिनेटमा जुलियान अल्भारेजले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि नै पियरी इमरिक औबामयाङको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो ।

६६औं मिनेटमा फ्रयांकी डी जोङले बार्सिलोनालाई अग्रता दिलाए । ७०औं मिनेटमा कोल पाल्मरले सिटीलाई खेलमा फर्काए ।

७९औं मिनेटमा मेम्फिस डिपेको गोलमा भने बार्सिलोनाले सिटीमाथि रोमाञ्चक जित निकाल्ने संकेत गरेको थियो । तर इन्जुरी समयको नवौ मिनेटमा महारेजले पेनाल्टीको सदुपयोग गर्दा बार्सिलोना निराश बनेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ८ : २२ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा