पछिल्लो एक महिनामा बढी आयात भएका १० वस्तु यस्ता छन् « Khabarhub

पछिल्लो एक महिनामा बढी आयात भएका १० वस्तु यस्ता छन्


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

उक्त मूल्य बराबरको वस्तु आयात गर्दा सरकारले ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मूल्यका आधारमा गत साउनमा नेपालमा सबैभन्दा डिजेल भित्रिएको छ । सो अवधिमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ ।
डिजेलपछि ठूलो मूल्यमा नेपालले पेट्रोल आयात गरेको छ । साउनमा नेपालले ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल आयात गरेको छ ।

नेपालले साउन महिनामा मात्र ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । सो अवधिमा ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ ।

विभागका अनुसार साउनमा ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल, ३ अर्ब ६६ करोड १ लाख ६६ हजार रुपैयाँको स्टील, ३ अर्ब २४ करोड १३ लाख ६७ हजार रुपैयाँको फलाम र २ अर्ब ७९ करोड ३८ लाख ७९ हजार रुपैयाँको खोप नेपालले आयात गरेको छ ।

उक्त अवधिमा २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल फोन र २ अर्ब ७ करोड ३७ लाख १३ हजार रुपैयाँको युरिया नेपालले आयात गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ८ : ३२ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा