पछिल्लो एक महिनामा बढी आयात भएका १० वस्तु यस्ता छन् « Khabarhub

पछिल्लो एक महिनामा बढी आयात भएका १० वस्तु यस्ता छन्


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनमा नेपालले विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

उक्त मूल्य बराबरको वस्तु आयात गर्दा सरकारले ३१ अर्ब ९६ करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मूल्यका आधारमा गत साउनमा नेपालमा सबैभन्दा डिजेल भित्रिएको छ । सो अवधिमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ ।
डिजेलपछि ठूलो मूल्यमा नेपालले पेट्रोल आयात गरेको छ । साउनमा नेपालले ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल आयात गरेको छ ।

नेपालले साउन महिनामा मात्र ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । सो अवधिमा ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ ।

विभागका अनुसार साउनमा ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल, ३ अर्ब ६६ करोड १ लाख ६६ हजार रुपैयाँको स्टील, ३ अर्ब २४ करोड १३ लाख ६७ हजार रुपैयाँको फलाम र २ अर्ब ७९ करोड ३८ लाख ७९ हजार रुपैयाँको खोप नेपालले आयात गरेको छ ।

उक्त अवधिमा २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल फोन र २ अर्ब ७ करोड ३७ लाख १३ हजार रुपैयाँको युरिया नेपालले आयात गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ८ : ३२ बजे

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक