साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्… « Khabarhub

साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्…


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ ।

साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो। रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए ।

परियारलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि पछि कुदेकी थिइन् । करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए । घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १० : १५ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा