निगुरो बेचेर घरखर्च धान्दै « Khabarhub

निगुरो बेचेर घरखर्च धान्दै


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पथरी- सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन्। उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउँछन्।

शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन्। पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायत सामुदायिक वनमा निगुरो प्रशस्त पाइन्छ । स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने यहाँको निगुरोले सयौँको सङ्ख्यामा स्थानीयलाई रोजगारी दिएको छ ।

चैत सुरु भएदेखि पूर्वी मोरङका जङ्गलमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमीसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन् । उक्त समयमा जङ्गलमै सिराहा, सप्तरीदेखि झापाको काँकडभिट्टासम्मका व्यापारी भेला भइसकेका हुन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् ।

वन आसपास बस्दै आएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोरकिशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गर्दै धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोड लगेर बिक्री गर्दै आएको विराटनगरकी सिया चौधरी बताउँछन्।

पथरी शनिश्चरे, लेटाङ र बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक तीन/चार सय जनाले निगुरो टिप्दै आएका छन् । धेरै मजदुरले दैनिक निगुरो बेचेरै परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी पूर्वका विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको खोर्सनेका जितेन्द्र चौधरीको भनाइ छ ।

काठमाडौँसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् ।  शनिश्चरे, लेटाङ र बेलबारी क्षेत्रबाट दैनिक निगुरो काठमाडौँ लैजाने गरिएको स्थानीय व्यापारी कौशिला माझी बताउँछन्। माझीका अनुसार यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादनमा कमी आएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ११ : ३१ बजे

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार