सामसुङ र हिम इलेक्ट्रोनिक्सको सहकार्यमा टेलिभिजन उद्योग स्थापना हुने « Khabarhub

सामसुङ र हिम इलेक्ट्रोनिक्सको सहकार्यमा टेलिभिजन उद्योग स्थापना हुने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरूको ब्राण्ड सामसुमले  टिभी कारखाना स्थापना गर्ने भएको छ । नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको  हाे । परम्परागत धार्मिक विधि अनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको छ । सो समारोहमा. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष एचके पार्कको उपस्थिति रहेको थियो । 

यसैगरी समारोहमा लुम्बिनी प्रदेशका. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समुहका अध्यक्ष र प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ्ग दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङ, मित्रराष्ट्र दक्षिण कोरियाका महामहिम राजदूत पार्कचोँग सुक, रामग्राम नगरपालिकाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र अन्य स्थानीयको समेत उपस्थिति रहेको थियो ।

उक्त समारोहलाई सम्बोधन गर्दै सामसुङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले भने ‘हाम्रो लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरुप्रति उपभोक्ताहरुले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतीक हो । हामी नेपाल सरकार र स्थानीय निकायहरूलाई उहाँहरूले दिनु भएको साथ सहयोगको लागि आभार व्यक्त गर्दछौँ ‘

सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसन का अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ‘यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ । यो हाम्रो सामसुङसंगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।’

यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको सुरुवात गर्ने छ र स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरू तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रूपान्तरण गर्ने सम्भावनाहरू व्यापक बनाएको छ । यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरू सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्नेछ ।

नेपालमा सन् १९९७ देखि सामसुङले प्रवेश पाएको हो  । देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदारमार्फत नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरू टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ र स्मार्ट फोनहरू बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरू र ग्राहक सेवा केन्द्रहरूको बलियो सञ्जालमार्फत सामसुङले सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १२ : ४१ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको