प्रभु बैंक र सीता प्यालेस होटेलबीच सम्झौता  « Khabarhub

प्रभु बैंक र सीता प्यालेस होटेलबीच सम्झौता 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंक लिमिटेड र सर्लाही स्थित सीता प्यालेस होटेलबीच सम्झौता भएको छ । विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख  मनोज कुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्द प्रसाद घिमिरेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त होटेलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले सीता प्यालेस होटेलद्धारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत र ‘लजिङ्ग’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ । 

उतm सम्झौताअन्तर्गत सीता प्यालेस होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, सीता प्यालेस होटलका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । उक्त सम्झौताबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १२ : ४६ बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय